
चितवन : योङ्ग कम्यूनिष्ट लिग (वाइसियल) नेपाल इच्छाकामनाले चितवनको इच्छाकामना ७ भालुमारा फुटबल क्लबलाई जर्सी र बल सहयोग गरेका छन् । नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, इच्छाकामनाका संयोजक हरि थापा र वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङले क्लबलाई जर्सी र बल हस्तान्तरण गरेका हुन् ।
१५ वटा जर्सी र १ वटा बल हस्तान्तरण गरिएको वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङले जानकारी दिनुभयो ।