
कुरिनटार,२८ भदौ । चितवनको इच्छाकामना ७ का गंगा बहादुर श्रेष्ठ र कुमार मगरले आफुहरु नेकपा एमालेमा प्रवेश नगरेको बताएका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनिहरुले आफु सम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रमै क्रियाशिल रहेको जानकारी दिएका हुन् ।
साथै नेकपा एमालेमा प्रवेश गरेको भनि आफुहरुको नाम समेत समाचारमा आएको भन्दै आपत्ती समेत जनाएका छन् । उनिहरुले आफु नेकपा माओवादी केन्द्रमै रहेकोले यस्ता भ्रमपूर्ण प्रचारको पछि नलाग्न सम्पूर्ण पार्टी, नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुमा अनुरोध गरेका छन् ।