चितवन : योङ्ग कम्यूनिष्ट लिग (वाइसियल ) नेपाल इच्छाकामना ७ को अध्यक्षमा नविन गुरुङ चयन हुनुभएको छ । भालुमारामा सम्पन्न भेलाले गुरुङको नेतृत्वमा २४ सदस्यीय वाइसियल गाउँ कमिटी पुर्नगठन गरिएको हो ।
भेलाले उपाध्यक्षमा सुरेश तामाङ र सुभास तामाङ, सचिवमा मनिष मगर, स–ह सचिवमा मनोज गुरुङ र कोषाध्यक्षमा भरिमाय गुरुङलाई चयन गरिएको छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि तथा वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङको सभापतित्वमा भेला सम्पन्न भएको हो ।