Banner News

आज सामान्यतया बदली रही देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

आज सामान्यतया बदली रही देशका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा भारतको पूर्वी राजस्थानको आसपासमा रहेको तथा झारखण्ड आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेको महाशाखाको भनाइ छ। राती देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गहित हल्कादेखि मध्यम वर्षाको सम्भावन...

स.का. र विद्यालय कर्मचारीलाई तोकिएको तलब उपलब्ध गराउन माग गर्दै एअनेशिसं इच्छाकामनाद्वारा गाउँपालिकाको ध्यानाकर्षण

स.का. र विद्यालय कर्मचारीलाई तोकिएको तलब उपलब्ध गराउन माग गर्दै एअनेशिसं इच्छाकामनाद्वारा गाउँपालिकाको ध्यानाकर्षण
कुरिनटार :  एकिकृत अखिल नेपाल शिक्षक संगठन(एअनेशिसं ) इच्छाकामनाले विद्यालयका सहयोगी कार्यकर्ता (बाल कक्षका शिक्षक),र कार्यालय सहयोगीलाई संघिय सरकारको निर्णय बमोजिम तलब नदिएको भन्दै विरोध जनाएका छन् । संघिय सरकारले शिशु सहयोगी कार्यकर्तालाई रु. ८ हजार र स्थानिय सरकारले रु. ७ हजार गरि रु १५ हजार हुनुपर्नेमा गाउँपालिकाले थप गर्ने रकम मध्यबाट थोरै रकम थप भइ जम्मा तलब रु. १२ हजार मात्र भएको ,साथै कार्यालय सहयोगीका लागि संघिय सरकारको ८ हजार र स्थानिय सरकारले ७ गरि रु. १५ हजार हुनु...

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : नेता थापा

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : नेता थापा
चितवन : पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिनुभयो । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताउनुभयो । “स्रोत नखुलाई लगानी गर्न पाउने व...

गैँडा चोरीसिकारको अभियोगमा फरार व्यक्ति पक्राउ

गैँडा चोरीसिकारको अभियोगमा फरार व्यक्ति पक्राउ
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोग लागेका एक जना पक्राउ परेका छन् । निकुञ्जको अनुरोधमा निजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको साविक मुगु गाविस–९ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ५९ वर्षीय नाङ्गे तामाङ लामा रहेका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०७६ भदौ ३१ गते निकुञ्जको बाँदरझुला पोष्टको मर्दीघोलमा तस्करले गैँडा मारेका थिए ।...

नाग्दीखोला नजिक कार त्रिशुलिमा खस्यो , एकको उद्धार तिनजना बेपत्ता

नाग्दीखोला नजिक कार त्रिशुलिमा खस्यो , एकको उद्धार तिनजना बेपत्ता
कुरिनटार - पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ बाट करिव २ किमि काठमाडौ तर्फ नाग्दिखोला नजिक ४ जना सवार कार अनियंत्रित भइ त्रिशुली नदिमा खस्दा कारमा सवार ४ जना मध्य ३ जना बेपत्ता भएका छन भने एक को प्रहरीद्वारा उद्धार गरिएको छ। काठमाण्डौ बाट पोखरातर्फ जाँदै गरेको ना २ च ४९१८ नम्बरको कार मध्य राती करिव १२ बजेको समयमा त्रिशुलिमा खसेको हो। कार दुर्घटनामा परेको खबर पाउनसाथ दुर्घटना स्थल पुगेको इलाका प्रहरी कार्यलय मुग्लिङको टोलिले दुर्घटन...

चितवनमा चोरीका मोटरसाइकलको कारोबार गर्ने १६ जना पक्राउ

चितवनमा चोरीका मोटरसाइकलको कारोबार  गर्ने १६ जना पक्राउ
चितवन ७ असोज । चोरीको मोटरसाइकलको कारोबार गर्ने १६ जना पक्राउ परेका छन् । एक महिनाको अबधिमा जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरि बिहिबार सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा खैरहनी नगरपालिका वडा नं। ४ बस्ने ३१ बर्षीय सरोज खतिवडा,सोही ठाउँ बस्ने ४२ बर्षीय मिन बहादुर पुन,भरतपुर १५ बस्ने ३४ बर्षीय हिमाल पुन,सोही ठाउँ बस्ने २३ बर्षीय अरूण पुन, भरतपुर १६ बस्ने २५ बर्षीय सज्जन बुढाथोकी, भरतपुर २१ बस्ने ३२ बर्षीय टेजन पुन, भरतपुर ४ बस्ने बर्ष ४० बर्षीय अरूण कँडेल, भ...

मौसम : आज मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना

मौसम : आज मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना
काठमाडौं : हाल देशमा भारतको पूर्वी राजस्थानको आसपासमा रहेको तथा झारखण्ड आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्ग...

डा. श्रेष्ठ अपहरण प्रकरणका फरार अपराधी पक्राउ

डा. श्रेष्ठ अपहरण प्रकरणका फरार अपराधी पक्राउ
चितवन:बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा.भक्तमान श्रेष्ठको अपहरणमा प्रकरणका एकजना फरार अपराधी पक्राउ परेका छन् । अपराधी ठहर भएर ९ वर्षको कैद सजाय पाएका राजेन्द्र पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीको उच्च स्रोतले जनायो। पण्डितलाई तत्कालीन पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार जरिवानाको सजाय सुनाएको थियो। उनलाई मंगलबार नुवाकोटको मुलाबारीस्थित आफ्नै घरमा बसेको अवस्थामा पक्राउ गरिएको स्...

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
गोरखा : श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ७ बतासेका ६० बर्षकी चन्द्रबहादुर बि.कको हत्या गरेको आरोपमा उनकी श्रीमती ५५ बर्षकी माइली बि.कलाई प्रहरीले पक्राउ गरेको प्रहरीले स्रोतले जनाएको छ । सोमबार साँझ खाना खाएर सुतेका चन्द्रबहादुर मंगलबार बिहान अबेरसम्म नउठेको र परिवारका सदस्यले उठाउन जाँदा मृत भेटिएको जानकारी पछि प्रहरीले मृतकको शव गोरखा अस्पतालमा ल्याएर पोष्टमार्टम गरेको थियो । पक्राउ परेकी माइलीले आफुले श्रीमा...

अवरुद्ध मुग्लिन –नौविसे सडक सुचारु

अवरुद्ध मुग्लिन –नौविसे सडक   सुचारु
कुरिनटार : पहिरोका कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ । यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ४ नाग्दीखोला नजिकै खसेको पहिरोका कारण गएराती ११ ४५ बजेदेखि दुइतर्फी अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो ।सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पञ्छाई सडक सुचारु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिन जनाएको छ । पहिरो पञ्छाएसँगै सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन् ।