
कुरिनटार : नेपाली कांग्रेसले गाउँ तथा नगर अधिवेशन गर्दैछ। पार्टीको १४औँ महाधिवेशन अन्तगर्त दोस्रो आज चरणको अधिवेशन हुन लागेको हो।
गत भदौ १८ गतेबाट सुरू भएको महाधिवेशनको क्रममा वडा तहको नेतृत्वको चुनाव भैसकेको छ। आजदेखि सुरू हुने गाउँ तथा नगरअधिवेशनले पालिकाहरुमा नयाँ नेतृत्व चयन गर्नेछ। सातवटा स्थानीय तह रहेको चितवनमा पनि सबै पालिकामा आजै निर्वाचन सुरू हुने भएको छ।
निर्वाचन सुरु भएसँगै चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा कांग्रेस पालिका सभापति को बन्ने भन्नेमा दौड सुरु भएको छ। वडा अधिवेशन हुदाँ अधिंकाशमा सहमतिले टुङ्गयाएकोमा पालिका स्तरीय कमिटिमा भने निर्वाचन हुने भएको छ। नेपाली कांग्रेसका वर्तमान सभापति कृतिकुमार श्रेष्ठ र पूर्व पार्टी संयोजक विष्णुकुमार कुँवर बिच प्रतिस्पर्धा हुने पक्का भएको छ।
जम्मा सातवटा वडामात्रै रहेको इच्छाकामना गाउँपालिकामा वडाअध्यक्षहरु सहित जम्मा १३३ जना मतदाता रहेका छन् । दुबै पक्षबिच कडा प्रतिष्पर्धा हुने देखिएको छ।