चितवन ७ असोज । चोरीको मोटरसाइकलको कारोबार गर्ने १६ जना पक्राउ परेका छन् । एक महिनाको अबधिमा जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरि बिहिबार सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेहरुमा खैरहनी नगरपालिका वडा नं। ४ बस्ने ३१ बर्षीय सरोज खतिवडा,सोही ठाउँ बस्ने ४२ बर्षीय मिन बहादुर पुन,भरतपुर १५ बस्ने ३४ बर्षीय हिमाल पुन,सोही ठाउँ बस्ने २३ बर्षीय अरूण पुन, भरतपुर १६ बस्ने २५ बर्षीय सज्जन बुढाथोकी, भरतपुर २१ बस्ने ३२ बर्षीय टेजन पुन, भरतपुर ४ बस्ने बर्ष ४० बर्षीय अरूण कँडेल, भरतपुर ११ बस्ने २२ बर्षीय अनिष श्रेष्ठ,सोही ठाउँँ निवासी २४ बर्षीउ अशोक कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

त्यसैगरी चोरीको मोटरसाइकलको कारोबारमा संलग्न भरतपुर १ बस्ने २८ बर्षीय रबिन गुरूङ, भरतपुर २ बस्ने बर्ष २२ बर्षीय उदय गुप्ता, बारा जिल्ला बारागढी नगरपालिका ६ बस्ने २८ बर्षीय राजेश चौधरी, बारा जिल्ला करैयामाई गाउँपालिका ९ बस्ने ३२ बर्षीय सुनिल चौधरी, बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका ११ बस्ने २५ बर्षीय लक्की चौधरी पक्राउ गरिएको थापाले जानकारी दिनुभयो । उनीहरुको साथबाट चोरीका मोटरसाइकल र नक्कली सवारी किताब बरामद गरिएको छ ।

चितवन प्रहरीले मोटरसाइकल चोरीको गिरोह पक्राउ गर्न अप्रेशन माईक चार्ली अभियाननै सञ्चालन गरेका छन् । उक्त अभियान ल्याए देखि एक महिनाको अवधिमा विभिन्न समयमा चोरीका मोटरसाइकल सहित १६जना पक्राउ गर्न सफल भएको
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिनुभयो । भन्नुभयो ,’ लहरो तान्दा त यहाँ पहरो नै झरेको छ,अनुसन्धानका कारणले सार्वजनिक गर्न ढिलो भए पनि अझै थप सफलता मिल्नेछ, जुन काम नै र अनुसन्धानबाटै पुष्टी हुने छ ।‘
पक्राउ परेकाहरूलाई लिखत सम्बन्धी कसूर र चोरी तथा डाँका सम्बन्धी कसूरमा अदालतबाट थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।