Banner News

समाजसेवी टंकनाथ पौडेलको घोषणा- चितवन क्षेत्र नम्बर २ का २८ जना असहाय अशक्तको स्वास्थ्य बिमा गरिदिने  

समाजसेवी टंकनाथ पौडेलको घोषणा- चितवन क्षेत्र नम्बर २ का २८ जना असहाय अशक्तको स्वास्थ्य बिमा गरिदिने  
चितवन : चितवन क्षेत्र नम्बर २ नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधिका उम्मेदवार वरिष्ठ समाजसेवी टंकनाथ पौडेलले क्षेत्र नम्बर २ का २८ जना असहाय अशक्तको स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन् । क्षेत्र नम्बर २ मा भरतपुर महानगरको १० वडासहित इच्छाकामना र कालिका गरी २८ वडा रहेकोले वडा कमिटीले सिफारिस गरी पठाएको एक वडाको १ जनालाई स्वास्थ्य बिमा गरिदिने घोषणा आफूले गरेको पौडेलले इच्छा खबर लाई बताए । भरतपुर महानगरको वडा नम्वर ७ निर्वाचित कार्यसमितिले बधाई तथा परिचयात्मक कार्यक्...

नाग्दीखोला नजिकै पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध

नाग्दीखोला नजिकै पहिरो :  पृथ्वीराजमार्ग अवरुद्ध
कुरिनटार : पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण मंगलबार राति करिब १० ः३० बजेको समयमा पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं.४ स्थित नाग्दी खोला नजिकै पहिरो खस्दा राजमार्ग दुइतर्फी अबरुद्ध भएको हो । बुधबार विहान ४ ः४५ बजेदेखि पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पञ्छाउन ३/४ घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।

प्रथम करनटार कप २०७८ भलिबल प्रतियोगिता हुने

प्रथम करनटार कप २०७८ भलिबल प्रतियोगिता  हुने
गोरखा : शहिदलखन ३ करनटार गोरखामा खुल्ला भोलिबल प्रतियोगिता हुने भएको छ । दशैँको अवसर पारेर स्वास्थ्यका लागि खेल भन्ने मुल नारासहित श्री गोरखा त्रिवेणी युवा क्लब करनटारले प्रथम करनटार कप २०७८ भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता असोज १८ गतेदेखि २० गते सम्म गोरखाको शहिदलखन ३ करनटार स्थित त्रिवेणी भगवती मन्दिर परिसरमा हुने छ । गोरखाको शहिदलखन ३ र आसपासका टिमहरुलाई समेट्ने गरि प्रतियोगिता आयेजना गर्न लागिएको संयोजक मानध्वज गुरुङले जानकारी दिनुभयो । उहाँका...

जिससमार्फत चितवनको पालिकामा रु ४१ करोडको काम,इच्छाकामनामा चार करोड २५ लाख खर्च

जिससमार्फत चितवनको पालिकामा रु ४१ करोडको काम,इच्छाकामनामा चार करोड २५ लाख खर्च
चितवन : जिल्ला समन्वय समिति ९जिसस० चितवनमार्फत जिल्लाका सात पालिकामा रु ४१ करोड बढीका काम सम्पन्न भएका छन् । समितिको मौज्दात कोषबाट रु ४१ करोड १९ लाख रकम विनियोजन गरी काम गरिएको हो । जिससले सबैभन्दा बढी रकम भरतपुर महानगरपालिकाका योजनामा खर्च गरेको छ । उक्त रकम पालिकामा प्रशासनिक भवन, वडा कार्यालय, विद्यालय भवन, स्वास्थ्य संस्था, खानेपानीलगायतमा खर्च गरिएको छ । जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार भरतपुर महानगरपालिकामा प्रशासनिक भवनका लागि रु एक करोड १० लाख, ११ वटा वड...

नारायणगढ–बुटवल सडक : खाल्डाखुल्डीले सवारी गुडाउन सकस

नारायणगढ–बुटवल सडक : खाल्डाखुल्डीले सवारी गुडाउन सकस
नवलपुर : विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन् । जिल्लाको गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ । चारवटा स्थानीय तहलाई छुने सो सडकको सबैभन्दा बढी खाल्डाखुल्डी गैँडाकोटमा रहेको छ । यो सडकको सबैभन्दा कम खाल्डाखुल्डी र क...

आजदेखि सोह्र श्राद्ध सुरु

आजदेखि सोह्र श्राद्ध सुरु
काठमाण्डौ : हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो । चाडपर्व तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने...

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुइ स्थानमा भारी बर्षाको सम्भावना

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका  एक/दुइ स्थानमा भारी बर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको छ। हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका सामान्य बदली र बागमती र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानहरु, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरुमा हल्का द...

सातौँ संविधान दिवस विभिन्न कार्यक्रम गरि देशभर मनाइँदै

सातौँ संविधान दिवस  विभिन्न कार्यक्रम गरि देशभर  मनाइँदै
काठमाडौँ : सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनुहुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानकारुपमा रहेको ख्याख्या र विश्लेषण गरिएको छ । सङ्घीय...

इच्छाकामनामा ६१ जना अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेश ।

इच्छाकामनामा ६१ जना अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेश ।
कुरिनटार - इच्छाकामना गाँउपालिका ६ मा काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर ६१ जना एमालेमा प्रवेश गरेका एमालेले दाबी गरेको छ । हिजो सनिबार पार्टीको ६ नम्बर वडा भेलामा उनिहरुलाई स्वागत गरिएको हो । अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेकाहरुलाई जिल्ला सचिव प्रकाश खनाल शैलेस लगायतका नेताहरुले टिका र खादा लगाएर स्वागत गरेका थिए । सोही अवसरमा वडा नम्वर छ को भुपेन्द्र चेपांगको नेतृत्वमा वडा कमिटी,राजकुमार गुरुङको नेतृत्वमा...

इच्छाकामनामा नेकपा एमाले र कांग्रेस परित्याग गरि ५० जना माओवादी केन्द्रमा प्रवेश

इच्छाकामनामा नेकपा एमाले र कांग्रेस परित्याग गरि ५० जना माओवादी केन्द्रमा  प्रवेश
कुरिनटार,२ असोज । चितवनको इच्छाकामना ४ मा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज कुरिनटारमा सम्पन्न योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसियल) इच्छाकामना ४  को वडा भेलामा नेकपा एमाले र कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा ५० जना प्रवेश गरेको वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङले जानकारी दिनुभयो । उनिहरुलाई प्रमुख अतिथि माओवादी केन्द्रका चितवन जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ...