कुरिनटार :  एकिकृत अखिल नेपाल शिक्षक संगठन(एअनेशिसं ) इच्छाकामनाले विद्यालयका सहयोगी कार्यकर्ता (बाल कक्षका शिक्षक),र कार्यालय सहयोगीलाई संघिय सरकारको निर्णय बमोजिम तलब नदिएको भन्दै विरोध जनाएका छन् । संघिय सरकारले शिशु सहयोगी कार्यकर्तालाई रु. ८ हजार र स्थानिय सरकारले रु. ७ हजार गरि रु १५ हजार हुनुपर्नेमा गाउँपालिकाले थप गर्ने रकम मध्यबाट थोरै रकम थप भइ जम्मा तलब रु. १२ हजार मात्र भएको ,साथै कार्यालय सहयोगीका लागि संघिय सरकारको ८ हजार र स्थानिय सरकारले ७ गरि रु. १५ हजार हुनुपर्नेमा रु. १० हजार मात्र भएको भन्दै बजेट बक्तव्य अनुसार तलब उपलब्ध गराउन माग गरेका हुन् ।
यसैबिच संगठनले निजिश्रोत शिक्षकलाई न्यायोचित तलब सुविधा उपलब्ध गराउन माग गरेका छन् । शिक्षा क्षेत्रमा गाउँपालिकाले गरेको व्यवहार प्रति दुःख प्रकट गर्दै अविलम्व न्युनतम पारिश्रमिक कायम गर्न स्थानिय सरकारलाई गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाका अध्यक्ष इश्वर नेपाल र सचिव विर्ख बहादुर आलेले संयुक्त हस्ताक्षरमा विज्ञप्ती जारी गर्दै पीडित शिक्षक, सहयोगी कार्यकर्ता कार्यालय सहयोगी,लेखा शिक्षक र निजि शिक्षकहरु दलिय बन्धनबाट उठेर अन्यायको विरुद्ध एकजुट हुन पनि अपिल गरेका छन् ।
तोकिएको सेवासुविधा उपलब्ध नगराए शसक्त अन्दोलन गर्ने आन्दोलन गर्ने संगठनका अध्यक्ष इश्वर नेपालले बताउनुभयो ।