
गोरखा : श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ७ बतासेका ६० बर्षकी चन्द्रबहादुर बि.कको हत्या गरेको आरोपमा उनकी श्रीमती ५५ बर्षकी माइली बि.कलाई प्रहरीले पक्राउ गरेको प्रहरीले स्रोतले जनाएको छ ।
सोमबार साँझ खाना खाएर सुतेका चन्द्रबहादुर मंगलबार बिहान अबेरसम्म नउठेको र परिवारका सदस्यले उठाउन जाँदा मृत भेटिएको जानकारी पछि प्रहरीले मृतकको शव गोरखा अस्पतालमा ल्याएर पोष्टमार्टम गरेको थियो ।
पक्राउ परेकी माइलीले आफुले श्रीमानको घाँटी थिचेर हत्या गरेको स्विकार गरेको स्रोतको भनाई छ । हत्याका कारण भने खुल्न बाँकी रहेको जनाइएको छ ।