Banner News

जन्ती बोकेको जिप दुर्घटना : तीन जनाको मृत्यु, १६ घाइते

जन्ती बोकेको जिप दुर्घटना  :  तीन जनाको मृत्यु, १६ घाइते
अछाम : जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति भएको दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीयका सर्व बोहरा र वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते १६ जनामध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ भने दुईजनालाई नेपालगञ्ज लगिएको छ। पञ्चदेवल विनायक–२ का मदन धामी र उपिन्द्र...

मौसम : केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना

मौसम  : केही स्थानमा स्थानमा  मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।हाल देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू–भाममा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् सहित हल्का वर्षाको सम्भावना रहेको छ । राती देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही एक वा दुई स्थानहरुमा मेघगर्जन ...

आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा गरिँदै

आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा गरिँदै
काठमाडौँ : बडादशैँको आज पाँचौँ दिन स्कन्दमाताको विशेष पूजा गरिदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु(सम्पन्न हुने धार्मिक विश्वास छ। स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौँ दिन यीनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ। चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्क...

आज नवरात्रको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै

आज नवरात्रको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै
काठमाडौं : आज नवरात्रको चौथो दिन नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन्। कुष्माण्डाको आराधनाबाट रोग, शोक र विभिन्न प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ। नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्। नवरात्रमा ...

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज  प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।अहिले देशभर सामान्यतया सफा देखि आंशिक बदली रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानह...

इच्छाकामनाको लेवाटारमा पानी लिफ्टिङका लागि प्रयोग गरिएको सोलार चार्ज कन्ट्रोलर प्यानल चोरी

इच्छाकामनाको लेवाटारमा पानी लिफ्टिङका लागि प्रयोग गरिएको सोलार चार्ज कन्ट्रोलर प्यानल चोरी
कुरिनटार : चितवनको इच्छाकामना ४ स्थित लेवाटारमा खानेपानी लिफ्टिङका लागि सोलारमा प्रयोग गर्दै आएको सोलार चार्ज कन्ट्रोलर चोरी भएको छ । गएराती चोरी भएको लेवाटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ । १ लाख ५० हजार बराबरको सोलार चार्ज कन्ट्रोल चोरी भएको उक्त खानेपानीको उपभोक्ता समेत रहनुभएका स्थानीय शिक्षक भरत थापाले बताउनुभयो । उहाँका अनुसार अयोजना मार्फत २०० उपभोक्ताले खाने पानी उपभोग गर्दै आएका छन् ।सोलार चार्ज कन्ट्रोलर चोरी भएसगैँ खानेपानी आपुर्...

आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

आज  नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
पूर्णप्रसाद मिश्र काठमाडौँ, २३ असोज । नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्य...

आज केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

आज  केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ : मौसम पुर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु–भागबाट बहिर्गमन भएको छ। नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली छैन। हाल प्रदेश नं १ र बांकी पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भु–भागका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ। दि...

नेपाल निवृत्त शिक्षक समाज इच्छाकामनाद्वारा दसैं तिहार छट पर्वका अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

नेपाल  निवृत्त शिक्षक समाज इच्छाकामनाद्वारा दसैं तिहार छट पर्वका अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
कुरिनटार-नेपाल निवृत्त शिक्षक समाज इच्छाकामना द्वारा विजया दशमी, दीपावली तथा छट पर्वका अवसरमा शुभकामना आदान प्रदान सहितको पूर्ण बैठक बसी विभिन्न विषयमा छलफल सहित निर्णय गरेको छ । नेनिशिस इच्छाकामनाका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा इच्छाकामना ३ चुम्लिङ्टार स्थित उहाँकै निवासमा बैठक सम्पन्न भएको थियो । सो बैठक समारोहमा नि शि स चितवनका सचिव एकराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो भन...

बडादशैंको दोस्रो दिन आज : देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदै

बडादशैंको दोस्रो दिन आज : देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदै
काठमाडौं : बडादशैंको दोस्रो दिन आज शुक्रबार नवदुर्गा मध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइदैछ । आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा ब्रह्मचारिणीको स्तुति गरी मनाइने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तुति गर्ने चलन छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स...