काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।हाल देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू–भाममा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनएको छ ।