कुरिनटार : चितवनको इच्छाकामना ४ स्थित लेवाटारमा खानेपानी लिफ्टिङका लागि सोलारमा प्रयोग गर्दै आएको सोलार चार्ज कन्ट्रोलर चोरी भएको छ ।
गएराती चोरी भएको लेवाटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ ।
१ लाख ५० हजार बराबरको सोलार चार्ज कन्ट्रोल चोरी भएको उक्त खानेपानीको उपभोक्ता समेत रहनुभएका स्थानीय शिक्षक भरत थापाले बताउनुभयो ।
उहाँका अनुसार अयोजना मार्फत २०० उपभोक्ताले खाने पानी उपभोग गर्दै आएका छन् ।सोलार चार्ज कन्ट्रोलर चोरी भएसगैँ खानेपानी आपुर्तीमा समस्या हुने उहाँले बताउनुभयो । अहिले उक्त चोरी घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
चोरी भएको विहान थाहा पाउन साथ उपभोक्ता समितिले प्रहरीलाई जानकारी गराएका थिए ।