काठमाडौँ : मौसम पुर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु–भागबाट बहिर्गमन भएको छ। नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली छैन।

हाल प्रदेश नं १ र बांकी पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भु–भागका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखले जनाएको छ ।