काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।अहिले देशभर सामान्यतया सफा देखि आंशिक बदली रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानहरुमा मेघगर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।