
गोरखा : नेकपा (माओवादी केन्द्र) गण्डकी गाउँपालिकाको अध्यक्षमा मिलन मगराती चयन हुनुभएको छ । शनिबार बुटारमा सम्पन्न तेस्रो पालिका सम्मेलनबाट मगराती अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
सम्मेलनले गाउँ कमिटी उपाध्यक्षमा तुलसी रेग्मी पहलमान बयलकोटी, रामप्रसाद रेग्मी कोषाध्यक्षमा मिना ढकाल, सचिवमा एक बहादुर थापा र सहसचिव चित्र बहदाुर चेपाङलाई चयन गरिएको नेकपा माओवादी केन्द्र गण्डकीले जनाएको छ ।