राजनीति

तस्करका दिन गन्ति शुरु, आईजीपीले बनाए विशेष संयन्त्र

काठमाडौं, १० साउन । प्रहरी महानिरीक्षक ९आईजीपी०मा नियुक्ति भएको एक सय दिनमा सर्वेन्द्र खनालले संगठनमा सुधारका उल्लेखनिय काम गरेका छन् । लामो समयदेखि अबरुद्ध रहेको विभिन्न पदको ३ हजार भन्दा बढी बढुवा र १० हजार भन्दा बढी प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना गरेका आईजीपी खनालले आकर्षक मानिएको ठाउँमा बस्ने र सिन्डिकेट चलाउने प्रहरीहरुलाई सरुवा गरेका छन् । आईजीपी खनालकै पहलमा मन्त्रिपरिषद्ले प्रहरीलाई प्रादेशिक ढाँचामा रुपान्तरण गर्न क्रमशः पदपूर्ति हुने गरी कुल ३ हजार १ सय १ ...

को बन्ला कानुनमन्त्री ? तीनजनाको चर्चामा

को बन्ला  कानुनमन्त्री ?  तीनजनाको चर्चामा
काठमाडौँ, १० साउन । तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीनजनाको नाम चर्चामा छ । नेकपाका सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ ।तीनजनामध्येबाटै एक मन्त्री हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनायो । ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ क्षेत्र नम्बर ३, पोखरेल चितवन क्षेत्र नम्बर २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका हुन् ।आजको नयाँ पत्रि...

कानुनमन्त्री तामाङको राजीनामासँगै नयाँ कानुनमन्त्रीमा कृष्णभक्त पोखरेलको नाम चर्चामा

कानुनमन्त्री तामाङको राजीनामासँगै नयाँ कानुनमन्त्रीमा कृष्णभक्त पोखरेलको नाम चर्चामा
चितवन, ८ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्देशनपछि कानूनमन्त्री शेरबहादुर तामाङले राजीनामा गर्ने तयारी भइरहँदा नयाँ कानुनमन्त्री को बन्ला भन्ने चासो र चर्चा सुरु भएको छ ।नयाँ कानुनमन्त्रीमा चितवनका सांसद कृष्णभक्त पोखरेलसहित भानुभक्त ढकाल, पार्वत गुरुङ, प्रेमआले मगर र खगराज अधिकारीको नाम चर्चामा रहेको पार्टी स्रोतले बताएको छ । । विगतमा बार एशोसिएसन चितवनका अध्यक्ष, संविधान मस्यौदा समितिका सदस्य समेत भएर काम गरेका पोखरेल पार्टीभित्र कानुनको राम्रो ज्ञान र दख्खल भएक...

सत्तारुढ नेकपाकै भ्रातृसंस्था राष्ट्रियकरणको पक्षमा

सत्तारुढ नेकपाकै भ्रातृसंस्था राष्ट्रियकरणको पक्षमा
काठमाडौँ, ७ साउन ।  नेकपाका चार भ्रातृसंस्थाले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी बनाउन माग गरेका छन् । वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघका अध्यक्ष रमेश पौडेल, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले नौबुँदे संयुक्त विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेज राष्ट्रियकरण गर्न माग गरेका हुन् । स्वास्थ्यलाई राज्यको मौलिक हकका रूपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधानअनुसार नि...

३६औं बीपी स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

३६औं बीपी स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं, ६ साउन   । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मुलुकमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विसं २००३ मा कोइरालाको अग्रसरतामा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । उहाँको नेतृत्वको क्रान्तिले विसं २००७ फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना गरेको थियो । आजको एभरेष्ट दैनिकमा यो खबर छ – विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्या...

आन्दोलन चर्काउन अरुलाई फकाउँदै कांग्रेस

आन्दोलन चर्काउन अरुलाई फकाउँदै कांग्रेस
काठमाडौं, ५ साउन । सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्ष कांग्रेसले राजपा नेपाल र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको छ । सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँ शक्ति पार्टीका नेताहरुसँग छलफल गरे ।राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संवाद जारी रहेकाले ठोस निष्कर्षमा पुगिनसकेको बताए । छलफलमा देउवाले गोविन्द केसीसँगको मुद्दा मात्र नभएर सरकार अधिनायकवादी बाटोमा जान थालेकाले संयुक्त आन्दोलनको आवश्यकता औंल्य...

गाउँपालिकाद्धारा साविकको गाविसका पूर्व अध्यक्ष र उपाध्यक्षहरुलाई सम्मान (भिडियो र फोटो सहित)

गाउँपालिकाद्धारा साविकको गाविसका पूर्व अध्यक्ष र उपाध्यक्षहरुलाई सम्मान (भिडियो र फोटो सहित)
इच्छाकामना, १० जेठ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले साविकको गाविसका पूर्व अध्यक्ष तथा उपाध्यक्षहरुलाई सम्मान गरिएको छ । गाउँपालिकाका  जनप्रतिनिधिहरुले कार्यभार सम्हालेकोे एक बर्ष पुरा भएको अवसरमा आज एक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरि गाउँपालिकाको कार्यालयमा साविकको गाविसहरु दारेचोक, चण्डिभञ्ज्याङ,काउले र दाहाखानीका ३३ जना पूर्व अध्यक्ष र उपाध्यक्षहरुलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै गाउँपालकाकी अध्यक्ष...

भारतीय प्रधानमन्त्री मोदीको दुई दिने राजकीय भ्रमण आजबाट, यस्ता छन् भ्रमण कार्यक्रमको तालिका

भारतीय प्रधानमन्त्री मोदीको दुई दिने राजकीय भ्रमण आजबाट, यस्ता छन् भ्रमण कार्यक्रमको तालिका
काठमाडौं, २८ वैशाख । आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल आउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । उनको यो तेस्रो भ्रमण हो । मोदीले जनकपुरबाट भ्रमणको सुरुवात गर्ने भएका छन् । भारतीय वायु सेवाको विमानबाट भारतको पटना हुँदै विहान सवा १० मा जनकपुरमा ओर्लंदा उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन् । मोदीले जनकपुरमा दुई घन्टा बिताउने कार्यक्रम छ ...

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले गरे राराबाट सम्बोधन, यस्ता छन प्रतिबद्धता

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले गरे राराबाट सम्बोधन, यस्ता छन प्रतिबद्धता
काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान रारा पुगेर सम्बोधा गरेका छन् ।नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सवमा सहभागी हुन मुगुका पुगेका प्रधानमन्त्री ओलीले त्यहीँबाट देशवासीका नाममा सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विधिको शासन कडाइका साथ लागू गर्ने घोषणा गरेका छन् ।उनले स्वतन्त्र न्यायपालिका र लोकतान्त्रिक विधिको शासन स्थापना गरिने बताए ।प्रधानमन्त्री ओलीले आत्मविश्वासको कमी र केही बेथितीहरु हुँदा मुलुकले विकासमा फड्को मार्न नसक...

राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मतदान हुने,दाहाल र आले चुनावी मैदानमा

राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मतदान हुने,दाहाल र आले चुनावी मैदानमा
काठमाडौं, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदैछ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले रानाको उम्मेद्वारी परेका छन् ।  । चुनावमा अध्यक्ष बाहेक ५८ जनाले मतदान गर्नेछन् । दाहाललाई बाम गठबन्धनको समर्थन भएकाले दाहाल राष्ट्रियसभाको अध्यक्ष निर्वाचित हुने निश्चित जस्तै छ ।