काठमाडौं, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदैछ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले रानाको
उम्मेद्वारी परेका छन् । । चुनावमा अध्यक्ष बाहेक ५८ जनाले मतदान गर्नेछन् ।
दाहाललाई बाम गठबन्धनको समर्थन भएकाले दाहाल राष्ट्रियसभाको अध्यक्ष निर्वाचित हुने निश्चित जस्तै छ ।