इच्छाकामना, १० जेठ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले साविकको गाविसका पूर्व अध्यक्ष तथा उपाध्यक्षहरुलाई सम्मान गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेकोे एक बर्ष पुरा भएको अवसरमा आज एक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरि गाउँपालिकाको कार्यालयमा साविकको गाविसहरु दारेचोक, चण्डिभञ्ज्याङ,काउले र दाहाखानीका ३३ जना पूर्व अध्यक्ष र उपाध्यक्षहरुलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै गाउँपालकाकी अध्यक्ष गीता कुमारी गुरुङले पूर्व गाविस अध्यक्षहरुले इच्छाकामना पु¥याएको योगदानको सम्मान गरेको बताउनुभयो ।
गाउँपाकिलाको विकासका लागि पूर्व जनप्रतिनिधिहरुको पनि सहयोग र सल्लाह लिदैँ अघि बढ्ने प्रतिवद्धता व्याक्त गर्नुभयो ।
यसैबीच उपाध्यक्ष कृतिकुमार श्रेष्ठले पूर्व अध्यक्षहरुको योगदानको सम्मान गर्दै सल्लाह सुझाव लिन र परिचयात्क सहितको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा सम्मानपछि बोल्दै साविकको दारेचोक गाविसका पूर्व अध्यक्ष कर्ण बहादुर गुरुङले जनप्रतिनिधि जनताको दुख सुखको सारथी बन्नु पर्ने बताउनुभयो । सुकिला मुकिलाहरु आफै समस्या राख्न सक्छन् तर सोझा साझा जनताहरुको समस्या के हो जनप्रतिनिधि आफैले खोज गरि सहयोग गर्नु पर्ने सुझाव दिनुभयोे । गाउँका कतीपय जनताहरु अझै पनि मनमा लागेका कुरा र समस्या भन्न नसक्ने गुरुङको भनाईछ ।
कार्यक्रममा गाउँपालिका भित्र रहेका विभिन्न संघसस्थाका प्रतिनिधि राजनैतिक दलका प्रतिनिधि कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।