काठमाडौं, ५ साउन । सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्ष कांग्रेसले राजपा नेपाल र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको छ ।
सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँ शक्ति पार्टीका नेताहरुसँग छलफल गरे ।राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संवाद जारी रहेकाले ठोस निष्कर्षमा पुगिनसकेको बताए ।
छलफलमा देउवाले गोविन्द केसीसँगको मुद्दा मात्र नभएर सरकार अधिनायकवादी बाटोमा जान थालेकाले संयुक्त आन्दोलनको आवश्यकता औंल्याएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
इच्छाखबर संवाददाता












