देश / समाज

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सुचारु

पहिरोका कारण  अवरुद्ध पृथ्वीराजमार्ग  सुचारु
कुरिनटार :  पहिरोका कारण  अवरुद्ध  पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । पहिरो पञ्छाएपछि राती ९ ः ४५ बजेदेखि राजमार्ग दुइतर्फी सञ्चालनमा आएको इलाका  प्रहरी कार्यालय मुग्लिनले जनाएको छ  । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार  चितवनको इच्छाकामना गाउँपालिका ४ नाग्दी खोला नजिकै  शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुइतर्फी रूपमा नै अवरूद्ध बनेको थियो  । पहिरोका कारण  राजमार्ग अवरुद्ध बनेपछि काठमाडौँ तर्फ जान हिडँेका सवारी साध...

नाग्दीखोला नजिकै पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध

नाग्दीखोला नजिकै  पहिरो :  पृथ्वीराजमार्ग अवरुद्ध
कुरिनटार :  पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका ४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध बनेको हो ।अहिले पहिरो हटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।पहिरोका कारण काठमाडौँ जाने सवारी साधनहरु मुग्लिन र काठमाडौँबाट मुग्लिन तर्फ आउने सवारी साधनहरु कुरिनटारमै र...

तीर्थयात्री बोकेको बस बाराको चुरियामाईमा दुर्घटना, ६ तीर्थयात्रुको मृत्यु

तीर्थयात्री बोकेको बस बाराको चुरियामाईमा दुर्घटना, ६ तीर्थयात्रुको मृत्यु
बारा  :  जितपुर सिमरा उपमहानगरपालिका–२२​ चुरियामाई नजिक भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। मृत्यु हुनेको सनाखत हुन सकेको छैन । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ३००१ ख ७९९४ नम्बरको बस राति २ बजेतिर चुरियामाई अगाडि दुर्घटना भएको हो। घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार ...

यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ  :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम व...

नारायणगढ– मुग्लिन सडक सुचारु हुन अझै चार घण्टा लाग्न सक्ने

नारायणगढ– मुग्लिन सडक सुचारु हुन अझै चार घण्टा लाग्न सक्ने
मुग्लिन :  पहिरो कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु हुन अझै चार घण्टा लाग्ने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरको दुई वटा मेसिनबाट पहिरो पञ्छाउने काम भइरहेको छ । थप पहिरो नखसे १२ बजेभित्र सवारी आवागमन एकतर्फी खुल्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । गएराती इच्छाकामना ६ तोपेखोलामा पहिरो ख सेपछि दुइतर्फी सवारी अवरुद्ध बनेको हो ।

कुरिनटारमा नि : शुल्क स्वास्थ्य शिविर , ११० जनाले लिए सेवा

कुरिनटारमा नि : शुल्क स्वास्थ्य शिविर , ११० जनाले लिए सेवा
कुरिनटार :  चितवननको  इच्छाकामना ४ कुरिनटारमा एक दिने  नि :  शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  नारायणगढ जेसिज को आयोजना तथा  लायन्स क्लब अफ चितवन सेवक र इच्छाकामना गाउँपालिकाको  सह-आयोजनामा   गाउँपालिकाको प्राङ्गणमा  बृहत् नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ११० जनाले  स्वास्थ्य सेवा लिएको  गाउँपालिका स्वास्थ्य शाखा  प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो ।   शिविरमा  विभिन्न रोगाका विशेषज्ञ चित्सिकहरुद्धारा स्वास्थ्य जाँच तथा उपचार गरिएको  प्रमुख देवकोट...

त्रिशुलीमा हामफाल्न मुग्लिन पुलमा झुन्डिएका व्यक्तिको उद्धार

त्रिशुलीमा हामफाल्न मुग्लिन पुलमा झुन्डिएका व्यक्तिको उद्धार
मुग्लिन :  चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ।शनिबार बिहान धादिङ निलकण्ठ नगरपालिका–६ बस्ने ४५ वर्षीय कृष्ण परियार पुलमा झुण्डिएका थिए। उनी पुलबाट त्रिशुली नदीमा हामफाल्नको लागि झुन्डिएको खबर प्राप्त भए पश्चात् सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जनाको टोली खटिएको थियो। उक्त टोलीले रोप रेस्क्यु विधिबाट उनको उद्धार गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दि...

हुग्दीखोलामा बस दुर्घटना : २६ यात्रु घाइते, तीनको अवस्था गम्भीर

हुग्दीखोलामा बस दुर्घटना :  २६ यात्रु घाइते, तीनको अवस्था गम्भीर
धादिङ :  धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन्।तुलसीपुर दाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस बिहान करिब ५ बजे अनियन्त्रित भई सडक किनारमा पल्टिएको हो। भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। अन्य घाइतेको उपचार ​मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा भइरह...

आँबुखैरेनी गाउँँपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण

आँबुखैरेनी गाउँँपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण
तनहुँ :  आँबुखैरेनी गाउँपालिकाले दुई वटा सामुदायिक विद्यालयलाई  स्कुल बस हस्तान्तरण गरिएको छ । पालिकाको नीति तथा कार्यक्रम बमोजिम सामुदायिक बिद्यालय सुधार कार्यक्रम अन्तर्गत पालिकाको आफ्नै आन्तरिक स्रोतबाट २ वटा ४१ सिटर आइसर कम्पनीको स्कुल बस खरिद गरी आज एक कार्यक्रमकाबीच आँबुखैरेनी–१, स्थित चन्द्रोदय मावी र आँबुखैरेनी–२, स्थित अकला निमाविलाई सो बस हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीहरुलाई विद्यालय सम्म आउतजावत तथा पठनपाठनमा सहजताका लागि स्कुल बस खरिद गरिए...

बाढिले क्षति पु-याएको पु्ल मर्मत गर्न गण्डकी गाउँपालिका अध्यक्ष तिमिल्सिनाको बिभागलाई ध्यानाकर्षण

बाढिले क्षति पु-याएको पु्ल मर्मत गर्न गण्डकी गाउँपालिका  अध्यक्ष तिमिल्सिनाको बिभागलाई ध्यानाकर्षण
गोरखा :  अविरल  बर्षका कारण त्रिशुली नदीमा आएको  बाढीले  क्षती पु–याएको गण्डकी गाउँपालिकाका जोड्ने दुई वटा झोलुङ्गे पुल तत्काल निर्माण गर्न पूर्वाधार विभागको ध्यानकर्षण गराइएको छ । गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ सहितको टोलीले  आज बिभागमा पुगेर बिभागका निर्देशन भरतप्रसाद अर्याललाई क्षति भएको झोलुङ्गे पुल मर्मत गर्न आग्रह गरेको हो । गाउँपालिका अध्यक्ष तिमिल्सिनाले गर्नुभएको आग्रह प्रति सकारात्मक रहेको बिभागले तत्काल क्षतिग्रस्त पुल पुनःनिर्माण गर्न प्राविधिक पठाउ...