देश / समाज

मनकामना केबलकार सेवा बन्द

चितवन, १ कार्तिक । वडा दशैँमा मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । आज देखि ३ गते सम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयो । ४ गते देखि पुन नियमित संचालनमा आउने नायव महाप्रवन्धक डिएन कायस्थले जानकारी दिनुभयो । गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मातामनकामनाको मन्दिर जाने भक्तजनहरु तथा पर्यटकहरुको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ सालमा केबलकार संचालनमा ल्याइएको हो । केबलकारको माध्यम हुदैँ दैनिक पाँच हजारको...

केबलकार नजिकै ट्याङकरले भ्यानलाई ठक्कर दिदाँ ३ जनाको मृत्यु ४ घाईते

केबलकार नजिकै ट्याङकरले भ्यानलाई ठक्कर दिदाँ  ३ जनाको मृत्यु ४ घाईते
कुरिनटार,३१ असोज । केबलकार नजिकै सवारी दुर्घटना हुदाँ ३ जनाको ज्यान गएको छ ।  आज दिउँसो १२ः४० बजे पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–४ केबलकार नजिक पोखराबाट धादिङ तर्फ जाँदै गरेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई सोही दिशा तर्फ गईरहेको दुध बोक्ने बा १ घ ५६५ नम्बरको ट्यांकरले ठक्कर दिँदा सो दुर्घटना भएको हो । ठक्कर दियको दूध ट्यांकर अनियंत्रित भै धन्नै १०० मिटर तल नदि तर्फ खसेको छ। दुर्घटनामा परि टंयाकर चालक सुन्दर खड्का, धादिङ बैरेनी–६ बस्ने वर्ष ४ का र...

आज दशैँको सातौँ दिन : कालरात्रिको आराधना तथा फूलपाती भित्र्याइँदै

आज दशैँको सातौँ दिन : कालरात्रिको आराधना तथा फूलपाती भित्र्याइँदै
काठमाडौं, ३० असोज । हिन्दुहरुको दशैंको खास दिन  आज देखि शुभारम्भ हुन्छ । आजको दिनलाई लोकभाषामा फूलपाती भन्छिन् । चाड मनाउन घर फकर्नेहरु प्रायः आजैका दिन आफ्नो गाउँघरमा पुगिसक्ने प्रचलन छ । आजको दिनलाई शास्त्रीय रुश्रपमा कालरात्री भन्ने गरिन्छ । माता दुर्गाको सातौंं शक्तिलाई कालरात्रीको नामबाट चिनिन्छ । देवी कालरात्रीको पूजा आरधना गरी सप्तमी तिथि मनाइन्छ । यस दिनलाई फूलपाती भित्र्याउने दिनका रुपमा मनाइन्छ । कालरात्रीको पूजा उपासना गर्ने विधि पनि फरक(फरक छन् । आजका दिन सा...

प्रेस युनियन चितवनको अध्यक्षमा ढकाल निर्वाचित, ईच्छाकामनाका त्रिपाठी कार्यसमितीमा निर्वाचित

प्रेस युनियन चितवनको अध्यक्षमा ढकाल निर्वाचित, ईच्छाकामनाका त्रिपाठी कार्यसमितीमा निर्वाचित
चितवन, २७ असोज । नेपाल प्रेस युनियन चितवनको आठौँ जिल्ला अधिवेसनबाट अनिल ढकाल निर्वाचित भएका छन् । युनियनको सचिवका रुपमा जिम्मेवारी सम्हालिसकेका ढकाल एपिवान टेलिभिजन तथा अन्नपूर्ण पोष्टमा आवद्ध छन् । शनिबार भएको मतदानमा उनले प्रतिद्वन्दी पूर्णप्रसाद शर्मालाई १ सय २० को मतान्तरले पराजित गरेका हुन् । ढकालले १ सय ४८ र शर्माले २८ मत ल्याए । कुल २ सय १४ जना मतदाता रहेकोमा १ सय ७८ मत खसेको थियो । जसमा २ मत बदर भएको थियो ।अध्यक्ष बाहेक पदाधिकारी, केन्द्रीय पार्षद, प्रदेश पार्सदमा सबै...

अहिलेको सरकारले मुलुकमा समृद्धि ल्याउन नसके पाँच बर्षपछि नेकपा पहिलो पाटी रहदैन :प्रदेश सांसद दाहाल

अहिलेको सरकारले मुलुकमा समृद्धि ल्याउन नसके पाँच बर्षपछि नेकपा  पहिलो पाटी रहदैन :प्रदेश सांसद दाहाल
हिरालाल गुरुङ कुरिनटार,२७ असोज । प्रदेश सासंद घनश्याम दाहाल अविनासले देशलाई समृद्धि बनाउन नसके नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)आगामी पाँच बर्षमा पहिलो पार्टी नरहने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इच्छाकामनाले  कुरिनटारमा आयोजना गरेको वडा दशैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका सांसद अविनासले सरकार अहिले समृद्धि नेपाल निर्माणमा अघि बढीरहेको भन्दै दुई तिहाई सरकारले पनि समृद्धि दिन नसके पाँच बर्षपछि पहिलो पार्टी बन्न नसक...

प्राकृतिक प्रकोपबाट ६ महिनामा १८८ को मृत्यु

प्राकृतिक प्रकोपबाट ६ महिनामा १८८ को मृत्यु
काठमाडौं,२७ असोज । वैशाखयता ६ महिनामा प्राकृतिक प्रकोपबाट १ सय ८८ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता छन् भने २ हजार ४ सय ५२ जना घाइते भएका छन् । पहिरोमा परेर सबैभन्दा धेरैको मृत्यु भएको छ । बाढीले बगाएको मृत्यु हुनेभन्दा चट्याङमा परेर ज्यान जानेको संख्या धेरै रहेको गृह मन्त्रालयले जनाएको छ । गृहको तथ्यांकअनुसार ६ महिनामा वर्षा, बाढीपहिरो, चट्याङ र भूक्षयजस्ता प्राकृतिक प्रकोपबाट ५ हजारभन्दा धेरै परिवार प्रभावित भएका छन् । २ अर्ब ४२ करोड १९ लाखबराबरको भौतिक क्षति भएको छ...

मनकामना केबलकार तीन दिन बन्द गरिने

चितवन, २७ असोज । मनकामना मन्दिर जान सहजताका लागि संचालनमा ल्याएको नेपालको पहिलो केबलकार मनकामना केबलकार वडा दशैँमा तीन दिन बन्द हुने भएको छ । असोज १ गते महानवमी दिन देखि ३ गते सम्म बन्द गरिने मनकामना दर्शन प्रा।लि।का नायव महाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयो । ४ गते देखि पुन नियमित संचालनमा आउने नायव महाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयो । गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मातामनकामनाको मन्दिर जाने भक्तजनहरु तथा पर्यटकहरुको सहजताका लागि मनकामना दर्शन ...

हरिवोधनी ठूलो एकादशी त्रिवेणी मेलामा विविधि सांस्कृतिक कार्यक्रम तथा डान्स प्रतियोगिता हुने

हरिवोधनी ठूलो एकादशी त्रिवेणी मेलामा विविधि सांस्कृतिक कार्यक्रम तथा डान्स प्रतियोगिता हुने
गोरखा, २६ असोज । विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि हरिवोधनी ठूलो एकादशी त्रिवेणी मेलामा विधि सांस्कृतिक कार्यक्रम हुने भएको छ । मंसिर २ गते साँझ देखि ३ गते सम्म दुई दिन सम्म लाग्ने मेलामा डान्स प्रतियोगिता, चुड्का, मारुनी विभिन्न जातजातीको झाँकी स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रश्तुती रहने लोक दोहोरी गायक समेत रहनुभएका कार्यक्रम संयोजक पृथ्वी गुरुङले जानकारी दिनुभयो । यसैबीच मेलाको अवसर पारेर कात्तिक २८ गते देखिनै प्रथम कालिका प्रथम कप भलिबल प्रतियोगिता पनि हुने संयोजक...

दाहाखानी स्वस्थ्यचौकीको बन्यो नयाँ भवन,गाउँपालीकाकी अध्यक्ष गुरुङद्वारा भवनको उद्घाटन

दाहाखानी स्वस्थ्यचौकीको बन्यो नयाँ भवन,गाउँपालीकाकी अध्यक्ष गुरुङद्वारा  भवनको उद्घाटन
दाहाखानी,२६ असोज । चितवनको इच्छाकामना –७ दाहाहानीमा रहेको दाहाखानी स्वास्थ्य चौकीको नवनिर्मित भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्य, गाउँपालिकाका कार्यकारी अधिकृत नरहरि सापको विशिष्ट तथा , सुरक्षा प्रमुख दुत बहादुर लोप्चन र समाजसेवी भक्त बहादुर गुरूङको आतिथ्ययमा एक कार्यक्रमकाबीच नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको हो । प्रमुख अतिथी रहनु भएका अध्यक्ष गुरूङले भवनको शिलालेख अनावरण गरेर दाहाखानी ...

इच्छाकामनाको कुरिनटारमा एकैरातमा सहकारी सहित पाँच घरमा चोरी

इच्छाकामनाको कुरिनटारमा एकैरातमा सहकारी सहित पाँच घरमा चोरी
इच्छाकामना,२५ असोज । चितवनको कुरिनटारमा एक सहकारी सहित पाँच घरमा चोरी भएको छ । गएराती इच्छाकामना ४ कुरिनटारमा रहेको घरआंगन बचत तथा ऋण सहकारी संस्था लि कुरिनटार , दुई ओटा होटल,एक पार्लर र एक किराना पसलमा चोरी भएको हो । लोकप्रिय होटलमा ८० हजार नगद र रु ६० हजार मुल्यको मोवाईल चोरी भएको संचालक विनोद उप्रेती बताए । घरको च्यानलगेट र काउन्टरको चावी फुटाएर चोरी भएको हो । नगद र मोवाईल चोरी संगै होटलमा रहेको पिय पदार्थहरु समेत खाएको र केही लिएर गएको उनले जानकारी दिए । छिम्केश्वरी होटल...