चितवन, २७ असोज । मनकामना मन्दिर जान सहजताका लागि संचालनमा ल्याएको नेपालको पहिलो केबलकार मनकामना केबलकार वडा दशैँमा तीन दिन बन्द हुने भएको छ । असोज १ गते महानवमी दिन देखि ३ गते सम्म बन्द गरिने मनकामना दर्शन प्रा।लि।का नायव महाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयो ।
४ गते देखि पुन नियमित संचालनमा आउने नायव महाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयो ।
गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मातामनकामनाको मन्दिर जाने भक्तजनहरु तथा पर्यटकहरुको सहजताका लागि मनकामना दर्शन प्रा।लि।ले २०५५ सालमा केबलकार संचालनमा ल्याइएको हो । केबलकारको माध्यम हुदैँ दैनिक पाँच हजारको हाराहारीमा दर्शनार्थीहरु मनकामना मन्दिर पुग्ने गर्दछन् ।