हिरालाल गुरुङ
कुरिनटार,२७ असोज । प्रदेश सासंद घनश्याम दाहाल अविनासले देशलाई समृद्धि बनाउन नसके नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)आगामी पाँच बर्षमा पहिलो पार्टी नरहने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इच्छाकामनाले  कुरिनटारमा आयोजना गरेको वडा दशैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका सांसद अविनासले सरकार अहिले समृद्धि नेपाल निर्माणमा अघि बढीरहेको भन्दै दुई तिहाई सरकारले पनि समृद्धि दिन नसके पाँच बर्षपछि पहिलो पार्टी बन्न नसक्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “नेकपा एक्लैको बहुमत आएको छ, अहिले सकार दुई तिहाईको छ अब पनि मुलुकमा समृद्धि ल्याउन नसके पाँच बर्षपछि हामी पहिलो पार्टी रहिरहन सक्दैन ।” कांग्रेसले मुलुकमा सबै भन्दा धेरै शासन गर्दा पनि केही गर्न नसकेको भन्दै अहिलेको नेकपाले पनि समृद्धि ल्याउन नसके नेपाली जनताले कहिल्यै पनि समृद्धिको अनुभुती गर्न नपाउने बताउनुभयो ।
सांसद दाहालले समृद्ध नेपाल खुसी नेपाली नभएसम्म सबै नेपाली जनताले संगैँ दशैँ मान्न नसकिने बताउनुभयो ।

यसैबीच विशिष्ट अतिथि नेकपाका नेता तेजेन्द्र खड्काले अहिले जग बसाल्ने काम भईरहेकोले आतिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले जग हाल्दै छौँ ।, बलियो जग बनाउन समय लाग्छ पाँच बर्षभित्र नेपाल समृद्धि बन्छ , नेकपाको नेतृत्वमै नेपाल समृद्धि बन्ने दावी गर्नुभयो । ”
नेता खड्काले चाडवाड तडक भडक फजुल खर्च नगरि फरक ढंगबाट मनाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी नकेपाका इच्छाकामनाका संयोजक प्रताप गुरुङको सभापतित्वमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका नेताहरु इश्वर सापकोटा सुमन, नारायण अधिकारी जुनाराज भण्डारी, सावित्रा सिलवाल लगायतको उपस्थिति रहेका थिए ।
कार्यक्रम नेकपा संयोजक दान बहादुर गुरुङले संचालन गर्नुभएको थियो ।