कुरिनटार,३१ असोज । केबलकार नजिकै सवारी दुर्घटना हुदाँ ३ जनाको ज्यान गएको छ । आज दिउँसो १२ः४० बजे पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–४ केबलकार नजिक पोखराबाट धादिङ तर्फ जाँदै गरेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई सोही दिशा तर्फ गईरहेको दुध बोक्ने बा १ घ ५६५ नम्बरको ट्यांकरले ठक्कर दिँदा सो दुर्घटना भएको हो । ठक्कर दियको दूध ट्यांकर अनियंत्रित भै धन्नै १०० मिटर तल नदि तर्फ खसेको छ।
दुर्घटनामा परि टंयाकर चालक सुन्दर खड्का, धादिङ बैरेनी–६ बस्ने वर्ष ४ का रोशन गैरे र धादिङ चरौदीका भुवन श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्याल चितवनले जनाएको छ ।
यस्तै दुर्घटनामा परि चार जना घाईते भएका छन् । घाइते हुनेहरुमा धादिङ बैरेनी–६ का १९ वर्षीय रमेश रोक्का, सोही स्थानका वर्ष १७ का विक्रम गैरे, वर्ष १९ का सन्दीप मल्ल र अर्का एक जनाको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको भरतपुरको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।
मृतकको शव भरतपुर ल्याईएको प्रहरीले जनाएको छ ।भ्यानमा दशैं मनाउन हिँडेका परिवार सवार रहेको प्रहरीले जनाएको छ ।