अब चुलोचुलोमा ग्यास होइन, बिजुलीको तार प्रधानमन्त्री ओली
काठमाडौं,६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक घरको चुलोचुलोसम्म बिजुलीको तार पुर्याउने योजना रहेको बताएका छन् । यसअघि चुलोचुलोमा ग्यासको पाइप पुर्याउने योजना सुनाएका प्रधानमन्त्री ओलीले अब बिजुलीको तार पुर्याउने योजना सुनाएका हुन्।
आज ललितपुरको पुल्चोकमा साझा यातायातले सञ्चालनमा ल्याएको विद्युतीय बस सञ्चालन शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले उक्त योजना सुनाएका हुन्।
आफूले यसअघि प्रधानमन्त्री हुँदा घरघरमा ग्यासको पाइप पुर्याउने बताएको स्मरण गर्दै ओलीले...