दाहाखानी,२६ असोज । चितवनको इच्छाकामना –७ दाहाहानीमा रहेको दाहाखानी स्वास्थ्य चौकीको नवनिर्मित भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्य, गाउँपालिकाका कार्यकारी अधिकृत नरहरि सापको विशिष्ट तथा , सुरक्षा प्रमुख दुत बहादुर लोप्चन र समाजसेवी भक्त बहादुर गुरूङको आतिथ्ययमा एक कार्यक्रमकाबीच नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको हो ।
प्रमुख अतिथी रहनु भएका अध्यक्ष गुरूङले भवनको शिलालेख अनावरण गरेर दाहाखानी स्वास्थ्य चौकीको नवनिर्मित उद्घाटन भयोे । सुरेश थापाले कार्यक्रममा स्वागत मनतव्य राख्दै नवनिर्मित भवनमा पर्यप्त मात्रामा कोठाको ब्यवस्था भएता पनि फर्निचर र दश बर्षदेखि रको पुरानो उपकरण भएकाले त्यसको ब्यवस्था गरिदिनका लागि गाउँपालिकासँग अनुरोध गर्नुभएको थियो ।
यसै अबसरमा स्वस्थ्य चौकीको भवन निर्माणका लागि ५ कठ्ठा जग्गा दान गर्नुभएका स्थानिय कमानसिङ गुरूङ र उहाँका परिवारलाई सम्मानकासाथ प्रशंसा पत्र दिएका थिए । त्यस्तै राज्यको कुनैपनि सेवा सुविधाबाट बन्चित रहि २० बर्षसम्म अबिछिन्नरूपमा ग्रामिण स्वास्थ्य स्वंयसेविकाकारूपमा सेवा गर्दै आउनु भएकी डीलकुमारी घर्तीलाई पनि स्वास्थ्य चौकीले सम्मानका साथ प्रशंसा पत्र प्रदान गरिएको थियो ।
मन्तब्यको क्रममा गाउँपालिकाकी अध्यक्ष गुरूङले ग्रामिण भेगमा बसोबास गर्दै आएका जनताको स्वास्थ्यसंग जोडिएको यो स्वास्थ्य चौकीबाट प्राप्त हुने सम्पूर्ण स्वास्थ्य सेवा र सुविधाको उपभोग गर्न स्थानियलाई जानकारी दिनुका साथै यस स्वास्थ्य चौकीलाई अस्पताल बनाउनु पर्नेमा जोड दिनुभयो । अध्यक्ष गुरुङले इच्छाकामनाको सम्पूर्ण टोल र बस्तिमा मोटर बाटोको संजाल ,शिक्षा ,स्वास्थ्य, विद्युत ,खानेपानी र कृषिमा आधुनिकिकरण को पूर्ण ब्यवस्था मिलाउने बताउनुभयो ।
यसैबीच निस्वार्थ भावनाका साथ जनताका स्वास्थ्य समस्यलाई आफ्नो शिरमा राखी कर्तव्य निष्ट रही सेवा गर्दै आउनुभएका स्वास्थ्य चौकी प्रमुख उत्तमराज उपाध्यलाई स्वास्थ्य चौकी परिवार, ग्रामिण स्वास्थ्य स्वंयसेविका , दिपज्योति आमा समूह र सम्पू्र्ण गाउँ बासिले बिदाई कार्यक्रम गर्नुभएको थियो ।यसै अबसरमा नव आगन्तुक शिष्टता न्यौपानेलाई स्वास्थ्य चौकी प्रमुखका रूपमा स्वागत गरेका थिए ।
इच्छाकामना गाऊँ पालिका वडा नं ७ का वडा अध्यक्ष बम बहादुर थापा(विजय)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय बासिको उपस्थिति रहेको थियो ।