चितवन, २७ असोज । नेपाल प्रेस युनियन चितवनको आठौँ जिल्ला अधिवेसनबाट अनिल ढकाल निर्वाचित भएका छन् । युनियनको सचिवका रुपमा जिम्मेवारी सम्हालिसकेका ढकाल एपिवान टेलिभिजन तथा अन्नपूर्ण पोष्टमा आवद्ध छन् । शनिबार भएको मतदानमा उनले प्रतिद्वन्दी पूर्णप्रसाद शर्मालाई १ सय २० को मतान्तरले पराजित गरेका हुन् । ढकालले १ सय ४८ र शर्माले २८ मत ल्याए । कुल २ सय १४ जना मतदाता रहेकोमा १ सय ७८ मत खसेको थियो । जसमा २ मत बदर भएको थियो ।अध्यक्ष बाहेक पदाधिकारी, केन्द्रीय पार्षद, प्रदेश पार्सदमा सबै निर्विरोध निर्वाचित भए ।
उपाध्यक्षमा खुल्लातर्फ सूर्यप्रसाद अधिकारी, महिला तर्फ अनिता अर्याल, सचिवमा प्रस्ताव सुवेदी, कोषाध्यक्षमा विप्लव काफ्ले सर्वसम्मत चयन भए ।
यस्तै महिला सहसचिवमा कुनै उम्मेदवारीनै परेन । युनियनको विधानमा कम्तिमा एक कार्याकाल कार्यसमितिमा रहेकोले मात्रै पदाधिकारीमा उम्मेदवारी दिन पाउने उल्लेख छ । नयाँ कार्यसमितिको पहिलो बैठकले सहसचिवमा कार्यसमितिभित्रबाटै एक जनालाई मनोनित गर्नेछ । यस्तै कार्यसमिति सदस्यमा १२ जना निर्विरोध चयन भए । हरि पौडेल, शुशिल पन्त, विवेक न्यौपाने, राजु चौधरी, निशा दाहाल, चन्द्रमा अधिकारी, कमलमान श्रेष्ठ, माधव सापकोटा, सुदन पौडेल, आशिष अधिकारी , आशा खरेल इच्छाकामना एफ एम इच्छाकामनाका सञ्चारकर्मी विष्णुप्रसाद त्रिपाठी (विपि) चयन भएका छन् ।
केन्द्रीय पार्षदमा १४ महिला सहित ३१ जना चयन भए । यस्तै प्रदेश पार्षदमा २३ महिला सहित ४३ जना चयन भएका छन् ।