देश / समाज

विद्यालय जाने बेलामा दुई बहिनी सम्हाल्दै इच्छाकामनाका गंगा

विद्यालय जाने बेलामा दुई बहिनी सम्हाल्दै इच्छाकामनाका गंगा
तुलमान गुरूङ इच्छाकामना, १७ फागुन । जाइथलीकी गंगा चेपाङ अहिले ११ वर्षकी भइन् । तर, जिम्मेवारी भने एउटी आमाको भन्दा कम छैन उनको । चार वर्ष र डेढ वर्षका दुई जना बहिनीहरुको हेरचाहमा खटिनुपर्ने बाध्यता छ । कापी, किताबको झोला बोकेर विद्यालय जानुपर्ने उमेरमा उनी बहिनीहरुको हेरचाहमा बस्न बाध्य छिन् । फुर्सदको समयमा करिब आधा घन्टा हिँडेर कोलभञ्ज्याङस्थित राष्ट्रिय आधारभूत विद्यालय पुग्छिन् । चार कक्षामा पढ्दै गरेकी उनी घरको समस्याले नियमित विद्यालय भने जान पाउँदिनन् । ‘स्कुल...

चितवन अदालतद्वारा ५१ प्रतिशत मुद्दा फछ्र्यौट

चितवन अदालतद्वारा   ५१ प्रतिशत मुद्दा फछ्र्यौट
चितवन, १६ फागुन । जिल्ला अदालत चितवनले चालू आवको हालसम्म ५१ प्रतिशत मुद्दाको किनारा लगाएको छ । चालू आर्थिक वर्ष २०७५/७६ को फागुन १० गते सम्ममा अदालतले एक हजार ३९४ वटा मुद्दा फछ्र्योट गरेको हो । अदालतमा गत आव २०७४/७५ र यस आव २०७५/७६ को गरी जम्मा दुई हजार ७२२ वटा मुद्दा दर्ता भएका थिए । गत आव बाट यस आवका लागि एक हजार ७० मुद्दा सरेर आएका थिए । यस आवमा नयाँ एक हजार ६५२ मुद्दा दर्ता भएकोवचितवन जिल्ला अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलले बताए । पौडेलका अनुसार गत आवका ६२३ वटा...

हेलिकप्टर दुर्घटना अपडेट : मन्त्री अधिकारी सहित सात जनाको निधन

काठमाडौं, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ। फुङलिङ नगरपालिका–१०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको हेली सोसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरे।

पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना

काठमाडौँ,१५ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गृहमन्त्रालयले गरेको छ । पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको जानकारी गृहसचिव प्रेमकुमार राईले दिएका छन् । स‌ंसद्‍को राज्य व्यवस्था समितिमा उपस्थित भएका उनले हेलिकप्टर दुर्घटना भएको जानकारी गराएका ह...

चेपाङ गाँउको ब्यथा : स्कुल ‘बङ्क’ गरेर भोज खान चर्चमा

तीर्थ नेपाल चितवन, ११फागुन । चेपाङ समुदायको सघनबस्ती रहेको चितवनको पाहाडी ईलाकामा रहेका बिद्यालयहरुमा बिद्यार्थीलाई पठानपठानमा नियमित गर्नै मुस्किल छ । भौगोलिक भुनोट, गरिवी, सचेतना, अभाव सबैकुराले चेपाङ बालवालिका गुणस्तरीय शिक्षा बाट बञ्चित हुन परेको छ । कालिका नगरपालिका वडा नम्वर १० तीनदोभानमा रहेको राष्ट्रिय माध्यमिक बिद्यालयका प्रधानाध्यापक फणिन्द्र पनेरुलाई शुक्रवार विद्यार्थीलाई अड्याउनै हम्मे हम्मे थियो । जम्मा १ सय १३ जना बिद्यार्थी संख्या रहेको सो बिद्यालयमा पढ्न ...

चितवनको बिकट चेपाङ गाँउमा सामुदायिक स्वास्थ्य इकाई स्थापना,एकिकृत घुम्ती शिविर शुरु (फोटो फिचर)

चितवनको बिकट चेपाङ गाँउमा सामुदायिक स्वास्थ्य इकाई स्थापना,एकिकृत घुम्ती शिविर शुरु (फोटो फिचर)
मुग्लिन,११ फागुन । चितवनको इच्छाकामना गाउँपालिका वडा न १ कोलभञ्ज्याङ रहेको बिकट चेपाङ गाउँमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको छ । इच्छाकामना गाँउपालिकाले निर्माण गरेको सामुदायिक स्वास्थ्य इकाईको शुक्रबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले संयुक्तरुपमा उद्घाटन गरेका हुन । सो केन्द्रमा तत्काल एकजना अहेव खटाइएको गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले बताईन् । यस बिकट गाउँका स्थानियहरु सामान्य प्राथमिक उपचारबाट समेत बञ्चित हुदैँ आएका थि...

Ncell बम काण्ड घाइते एक जनाको निधन

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बिष्फोटमा घाइते सिंहप्रताप श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । श्रेष्ठलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो । शुक्रबार राति बम बिष्फोट हुँदा श्रेष्ठसहित प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए । प्रतिक्षा र अनुषाको उपचार जारी छ । उनीहरुमध्ये एकज...

तेस्रो राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिपको उपाधी नेपाल कायक एन्ड र्याफ्टिङ क्लब फिस्लिङ ‘ए’ले उचाल्यो

कुरिनटार, ९ फागुन । नेपाल कायक एन्ड र्याफ्टिङ क्लब फिस्लिङ ‘ए’ तेस्रो राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको छ । र्याफ्टिङ च्याम्पियनसिप अन्र्तगत भएको चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा प्राप्त भएको समष्टीमा पनि विजयी हुँदै उसले च्याम्पियनसिप उचालेको हो । चितवनको फिस्लिङस्थित त्रिशुली नदिमा बिहीबार सम्पन्न च्याम्पियनसिपमा नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब फिस्लिङ ‘ए’ चार विधा सम्मिलित खेलमा सर्वाधि...

चितवनको कुरिनटारमा विपद् व्यवस्थापनका लागि कुकुरलाई तालिम

तूलमान गुरुङ कुरिनटार,९ फागुन । नेपालमा आपराधिक गतिविधिको अनुसन्धानमा प्रयोग गर्दै आएको कुकुर (डग स्क्वाड) विपद् व्यवस्थापनका लागिसमेत प्रयोग गरिने भएको छ ।नेपालमा विपद्को जोखिम पनि उत्तिकै हुने भएकोले विपद्मा परेकाको उद्धार गर्नका लागि कुकुरको प्रयोग गर्ने गरी चितवनको कुरिनटारमा तालिम दिइएको छ । नेपालमा २०७२ सालको भूकम्पले समेत मह¤वपूर्ण पाठ सिकाएकोले त्यस्तो अवस्थामा मान्छेले गर्न नसक्ने काम कुकुरबाट गर्न सकिने सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय क...

नेपाली शैक्षिक परामर्शदाताको लापरबाही : अस्ट्रेलियमा १२०० नेपाली विद्यार्थीको भविष्य बर्बाद

काठमाडौँ, ९ फागुन ।  शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ । अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो । त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि आपत्ति छैन भन्दै पत्र (नो अब्जेक्सन लेटर) ...