कुरिनटार, ९ फागुन । नेपाल कायक एन्ड र्याफ्टिङ क्लब फिस्लिङ ‘ए’ तेस्रो राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको छ । र्याफ्टिङ च्याम्पियनसिप अन्र्तगत भएको चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा प्राप्त भएको समष्टीमा पनि विजयी हुँदै उसले च्याम्पियनसिप उचालेको हो । चितवनको फिस्लिङस्थित त्रिशुली नदिमा बिहीबार सम्पन्न च्याम्पियनसिपमा नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब फिस्लिङ ‘ए’ चार विधा सम्मिलित खेलमा सर्वाधिक एक हजार अंक प्राप्त गर्दै च्याम्पियन भएको हो ।

नेपाल कायक एन्ड र्याफ्टिङ क्लब फिस्लिङ ‘ए’ ले स्प्रीन्ट ९१०० पूर्णाङ्क०, हेड टु हेड ९२०० पूर्णाङ्क०, स्लालोम ९३०० पूर्णाङ्क० र डाउन रिभर९४०० पूर्णाङ्क० मा शतप्रतिशत अंकका साथ कुल १००० हजार अंक प्राप्त गरेको हो । च्याम्पियन टिमले अन्तिम दिन भएको स्लालोम र डाउन रिभर पनि उत्कृष्ट प्रदर्शन गर्दै शतप्रतिशत नतिजा निकाल्यो । ओभरलमा उपविजेता भएको प्याडल नेपाल ‘बी’ ले ८ सय ४ अंक प्राप्त ग¥यो ।

नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघ, हिमालयन रिभरगाईड एसोसियसन अफ नेपाल र नेपाल एसोसिसयसन अफ राफ्टीङ एजेन्सीको संयुक्त आयोजनामा  भएको च्याम्पियनसिपमा प्याडल नेपालले स्प्रीन्टमा ८८ अंक र हेड टु हेडमा १ सय ७६ अंक प्राप्त गरेको थियो । बिहीबारको दुई विधामा प्याडल नेपालले स्लालोममा २ सय ६४ र डाउन रिभरमा २ सय ७६ अंक हासिल गर्दै दोस्रो स्थानमा उभ्याएको हो ।

त्यस्तै तेस्रो भएको नेपाल कायक क्लबले समग्र चार विधामा ८ सय ८७ अंक प्राप्त गरेको थियो । अन्तिम दिनको दुई विधा स्लालोममा २ सय ३७ अंक र डाउन रिभरमा ३ सय ५२ अंक प्राप्त गरेको थियो । नेपाल कायक क्लबले यसअघि बुधबारको स्प्रीन्टमा ७२ अंक र हेड टु हेडमा १ सय २६ अंक जितेको थियो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्रतियोगिताका विजेतालाई इच्छा कामना गाउँपालीकाको अध्यक्ष गीता गुरुङ, पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई र आयोजक संघका अध्यक्ष मानबहादुर न्यौपाने लगायतले पुरस्कृत गरे । प्रतियोगितामा एक विभाग सहित कुल ११ टिमले प्रतिस्पर्धा गरेको संघका महासचिव एवं च्याम्पियनसिप जुरी सुदीप गौतमले जानकारी दिए । कुल ११ टिम रहेको ¥याफ्टिङमा प्रत्येक टिममा ८ सदस्य खेलाडीको सहभागिता रहेको थियो । व्यक्तिगत विधाको कार्यक्रमा भने २८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

च्याम्पियन बनेका नेपाल कायक क्लब फिस्लिङले अन्र्तराष्ट्रि प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने हिमालयन रिभरगाईड एसोसियसनका अध्यक्ष मानध्वज गुरुङले बताउनुभयो ।
यस अघि पनि नेपालले २०१७ मा जापानमा भएको अन्र्तराष्टिङ प्रतियोगितामा सहभागी जनाएका थिए । २०१८ मा अर्जेन्टीनमा भएको प्रतियोगितामा भने आर्थिक अभावका कारण प्रतियोगितामा सहभागी हुन नसकेको उहाँको भनाई छ ।