मुग्लिन,११ फागुन । चितवनको इच्छाकामना गाउँपालिका वडा न १ कोलभञ्ज्याङ रहेको बिकट चेपाङ गाउँमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको छ । इच्छाकामना गाँउपालिकाले निर्माण गरेको सामुदायिक स्वास्थ्य इकाईको शुक्रबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले संयुक्तरुपमा उद्घाटन गरेका हुन । सो केन्द्रमा तत्काल एकजना अहेव खटाइएको गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले बताईन् । यस बिकट गाउँका स्थानियहरु सामान्य प्राथमिक उपचारबाट समेत बञ्चित हुदैँ आएका थिए ।
स्वास्थ्य जिवनको आवस्यकता, नियमित स्वास्थ्य जाँचको प्रतिवद्धता भन्ने मुलनाराका साथ विकट गाउँका गरिब जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको अध्यक्ष गुरुङले बताईन् ।
गाउँमै स्वास्थ्य स्ांस्था स्थापना पछि स्थानियहरुले खुशी व्याक्त गरेका छन् । उद्घाटन कार्यक्रमा स्थानियले बजागाजा सहित खुसी मनाएका हुन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय चितवन र इच्छाकामना गाँउपालिकाको संयुक्त आयोजनामा बिकट चेपाङ गाँउ भाराङमा दुई दिने एकिकृत घुम्ती शिबिर शुक्रबारबाट शुरु भएको छ ।
इच्छाकामना गाँउपालिका वडा नम्वर १ मा रहेको श्री आधारभुत बिद्यालय भाराङमा शिबिर शुरु भएको हो । शिबिरमा जिल्ला प्रशासन कार्यालय सहित विभिन्न सात वटा विषयगत कार्यालयहरुले स्थलगत सेवा दिएका छन् । नागरिकता बितरण, जन्मदर्ता, बिबाह दर्ता सहित स्वास्थ्य शिवीर, कृषी तथा भेटनरी सेवा निशुल्क उपलब्ध गराइएको हो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र इच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले इच्छाकामना–१ की ७५ बर्षिया बृद्धा चनिमाया चेपाङलाई संयुक्त रुपमा नागरिकता वितरण गरेर शिबिरको उद्घाटन गरेका हुन् ।
झण्डै दुई घण्टा पैदल हिडँेर आएकी चनिमायाले गााउँमै नागरिकता पाँउदा खुसी ब्यक्त गरिन् ।
सो स्थानमा बिपन्न चेपाङ समुदायको बसोबास छ । आँखा, दाँत, र आयुर्वेद स्वास्थ्य चेकजाँच तथा औषधि वितरण निशुल्क गरिएको छ । शिवीरमा कृषी ज्ञान केन्द्रले मकैको बिउ र केही कृषी उपज जानकारीहरु किसानलाई दिएको छ । शिबिरमा भूकम्पपीडितहहरुको गुनासो सुन्ने र सल्लाह समेत दिनेछन् । समेत बिकट स्थान र सिमान्तकृत समुदायको बसोबास क्षेत्र भएकाले यो ठाँउ रोजेर शिबिर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
कार्यक्रममा ईच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले आर्थिक अभाव र नागरिकताको आवस्यकता बारे जानकारी नहुदाँ नागरिकता नबनाउने गरेको बताउनुभयो । आर्थिक अभावका कारण नागरिकता जस्तो आधारभुत बिषयवाट समेत जनता बन्चित रहेको अवस्थालाई मध्यनजर गर्दै एकीकृत घुम्ती शिबिर सञ्चालन गरेको उनले बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दीपेन्द्र शाहले जिल्लामा शान्ति सुरक्षा सुदृढ गर्न प्रहरी सदैव सक्रिय रहेको बताउदैं पाहाडी बस्तीमा कतिपय ठाँउमा अवैध गाँजा खेती हुने गरेको र मदिरा पदार्थ बढी सेवन गर्ने गरेकोमा स्थानीयको ध्यानकर्षण गराए ।
बिषयगत कार्यालयहरुले घुम्ती शिबिर संगैं सार्वजनिक सुनुवाई समेत आयोजना गरेका थिए ।