देश / समाज

अझै खुलेन मलेसिया रोजगार

अझै खुलेन मलेसिया रोजगार
काठमाडौँ, ९ फागुन । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच सहमति हुन नसक्दा मलेसिया रोजगार अनिश्चिततातर्फ धकेलिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द भएको थियो । कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्र्रक्रियाका सम्बन्धमा अ...

‘निर्मला पन्त हत्या प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान’ : प्रधानमन्त्री ओली

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो अनुसन्धान भइरहको जनाउँदै उनले हत्यारा पत्ता लगाएरै छाड्ने दाबी गरे । ‘सम्पूर्ण प्रमाण नष्ट गरिएकाले अनुसन्धानमा ढिलाइ भएको हो, अनुमानका भरमा कसैलाई किटान गर्न भएन,’ सुदूरपश्चिम प्रदेशसभामा बुधबार सम्बोधन गर्दै ओलीले भने,‘ऋषिमुनिका सन्तान हामी, अहिले हाम्रै समाजमा बलात्कारजस्ता जघन्य अपराध हुने कुार सहन नसकिने विषय हुन् ।’ कान्तिपु...

पशुपति शर्माको लुट कान्छा गितको बारे पहिलो चोटि बोले प्रधानमन्त्री

पशुपति शर्माको लुट कान्छा गितको बारे पहिलो चोटि बोले प्रधानमन्त्री
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत प्रकरणमा पहिलो पटक बोलेका छन् । बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै उनले शर्माको गीतलाई जनताले मन नपराएको बताएका हुन् । लोकगायक शर्माको नाम नलिइ प्रधानमन्त्री ओलीले भने, ‘एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट लुट केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’ शर्माको ‘लुट कान्छा लुट’ बोलेको गीत हालै सार्वजनिक भएको थियो । तर, सत्तारुढ नेकपा...

फागुन १४ गते प्रचण्ड गण्डकी गाउँपालिका आउनुहुदै

कुरिनटार, नेकपा अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड यहि फागुन १४ गते गोर्खा आउनुहुने भएको छ। गण्डकी गाउपालिका ७ चुरिनटारमा निर्माण सम्पन्न भयको वडाकार्यल भवनको उदघाटन र कार्यकर्ता भेटघाट कार्यक्रम अन्तर्गत प्रमुख अतिथीको हैसियतमा उहाँ गोर्खाको गण्डकी गाउँपालिका आउन लाग्नु भएको हो। उक्त कार्यक्रममा प्रचण्डले उपस्थित भेलालाई संबोधन गर्ने कार्यक्रम समेत रहेको छ।

डेड अर्बको हेलिकप्टरको वहस चल्दै गर्दा रास्ट्रपति उद्दार कार्यक्रम मार्फत सुत्केरीको हेलिकप्टर मार्फत उद्दार

डोल्पा, राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत सुत्केरी हुन नसकेकी महिलाको उद्धार भएको छ । डोल्पा काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढाको उद्धार गरिएको हो । बुढालाई सुत्केरी हुँन नसकेपछि हेलिकप्टरबाट उद्धार गरी कोहलपुर मेडिकल कलेज पठाइएको हो । राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत पछिल्लो समय दुर्गम क्षेत्रका सुत्केरी महिलाहरुले राहत पाएका छन् । रासस

चितवनमा एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण

चितवन, फागुन ६ – कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन् । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागार्इंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन सुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ । दैनिक प्रयोगशालामा ४० वटा हाराहारी नमूना परीक्षणका लागि आउन...

पप्पु कन्स्ट्रक्सनले बिजोक पारेको गोरखाको एउटा पुल

पप्पु कन्स्ट्रक्सनले बिजोक पारेको गोरखाको एउटा पुल
गोरखा — ठेक्का सम्झौताअनुसार काम भएको भए गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार र चितवनको इच्छा मनकामना गाउँपालिका ३ चुम्लिङ्टार जोड्ने पुल गत वर्ष नै सडक सम्पर्कमा जोडिने थिए । पृथ्वीराजमार्गमा पर्ने उक्त रुटमा त्रिशूली नदीमाथि निर्माण गरिने मोटर पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको थियो । सम्झौताको अवधि सकिएको वर्ष दिन बित्यो। पुल अझै बनेको छैन। ०७४ पुस २९ सम्म निर्माण सक्ने सम्झौता थियो। ०७१ असार २९ मा ठेक्का सम्झौता गरेको कम्पनीले हालसम्म दुवैतर्फ पिलर मात्र उठ...

प्रहरीकै मिलेमतोमा भारतिय कुखुरा नेपाली बजारमा।

कैलाली र कञ्चनपुरमा रहेका दर्जनौं कुखुरा फर्महरु बन्द भएका छन् । खुला सिमानाका कारण नाकाहरु बाट अवैध कुखुरा नेपाल आउने गरेका छन् । यसरी सस्तो मूल्यमा कुखुराजन्य उत्पादनहरु भारत बाट अवैध तरिकाले नेपाली बजारमा आउने गरेका कारण नेपाली व्यवसायीहरुले दर्जनौ कुखुरा फर्म बन्द गरेका हुन ।नेपालका फर्महरुमा उत्पादन भएको कुखुराको मूल्य भारतीय कुखुरा भन्दा केही महंगो हुने गरेको छ । चल्ला खरीद, दानापानी, विद्युत्, ढुवानीमा लागत भारत भन्दा नेपालमा बढी लाग्ने गरेकोले मूल्यमा केही भिन्नता हुन...

चड्कनेले मनकामना केबलकारमा क्षति आज सेवा बन्द हुने

कुरिनटार,५फागुन    केही दिन देखि बदली भयको मौसम अन्तर्गत हिजो बेलुका मेघ गर्जन सहि अधिकांस स्थानमा पानी परेको छ।   पानी संगै परेको चड्कनेले देशै भर क्षति पुरायको खबर आइरहदा चितवनको चेरेश देखि मनकामना मन्दिर सम्म भक्तजन तथा यात्रु वसार पसारको सुबिधा युक्त साधन  केबल कार पनि हिजोको खराब मौसम को चपेटामा परेको छ। चड्कनेले मनकामना दर्शन प्राली द्वारा संचालित केबलकारमा क्षति भय पछि आज आइतबार केबलकार सेवा बन्द हुने मनकामना दर्शन प्रालीले जनायको छ।एक्कासि सेवा बन्द गर्न परे पछि भक्त ...

आज वि.स. २०७५ फागुन ४ गते शनिबार यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। लेनदेनमा अलि होसियार रहनुहोला। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।...