शिक्षा/स्वास्थ्य

चितवनका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि
कुरिनटार :  चितवनमा ८७ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड –१९ प्रयोगशालामा शुक्रबार राती गरिएको नमुना परिक्षणमा जिल्लाका विभिन्न स्थानीय तहका ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिकामा सबै भन्दा बढी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पुरुष ५० र महिला २३ जना रहेका छन् । कालिकामा ६ जना पुरुष र २ महिला गरि ८ जना, खैरहनीमा २ पुरुष र २ महिला गरि ४ जना र रत्ननगरमा २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभि–१९ प्रयोग...

चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएकी वृद्धामा कोरोना पुष्टि

चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएकी वृद्धामा कोरोना पुष्टि
चितवनः पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएकी एक वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ की ७८ वर्षिया महिला रहेकी छन् । दमको समस्याका कारण भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते दिउँसो ४ः३० वजे उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो । मृत्यु पछि आज बिहान आएको पिसीआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यो संगै जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २४ पुगेको छ । एक...

चितवनका ७१ सहित ८८ जना कोरोना संक्रमित थपिए

चितवनका ७१ सहित ८८ जना कोरोना संक्रमित थपिए
चितवन :  चितवनमा गरिएको परिक्षणमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज र भरतपुर अस्पताल कोभिड –१९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ७१ सहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजमा ५४ र भरतपुर अस्पताल कोभिड– १९ प्रयोशालामा गरिएको परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५४ जनामा संक्रमण देखिएको हो। यीमध्ये ४० जना चितवनकै हुन् । अन्य १४ जना अन्य जिल्लाका हुन् । अन्य जिल्लाका नवलपरासी प...

महामारीमा विद्यार्थीहरुका लागि स्वःअध्ययन

महामारीमा विद्यार्थीहरुका लागि स्वःअध्ययन
अर्जुन बहादुर खत्री कुरिनटार स्वःअध्ययन कोभिड १९ को कारणले नियमित हुन नसकेको विद्यालय स्तरको पठनपाठनको पुरकको रुपमा विद्यार्थीहरुका लागि प्रभावकारी विधिहुन सक्छ । सन् २०१९को डिसेम्वर महिनाको अन्तिमबाट चीनको वुहानबाट सुरु भई युरोप, अमेरिका हुँदै हाल विश्वका प्राय सबै जसो देशहरुमा फैलिसकेको कोरोनाले नेपालको विद्यालयदेखि विश्वविद्यालयका पठनपाठन तथा वार्षिक परीक्षाहरु पूर्णतया ठप्प छन्। चैत्र १० गतेदेखि शुरु भएको बन्दाबन्दी छिट्टै अन्त्य हुने आम  मानिसको आशा निराशामा त त्यत...

नेपालमा कोरोनाबाट पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु

नेपालमा कोरोनाबाट पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु
काठमाडौँ :  नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ९ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ । मृत्यु हुनेहरुमा मोरङमा ४३ वर्षीया महिला, मकवानपुरमा ५२ वर्षीया महिला, नवलपरासीमा ३७ वर्षीया महिला,  पर्सामा ७५ वर्षीय पुरुष,काठमाडौंमा ४१, ५९ र ६५ वर्षीय पुरुष,रुपन्देहीमा ४० वर्षीय पुरुष, र महोत्तरी...

तनहुँको आँबुखैरेनीमा १२ बेडको आइसोलेशन कक्ष तयार

तनहुँको आँबुखैरेनीमा १२ बेडको आइसोलेशन कक्ष तयार
राम बहादुर धामी आँबुखैरेनी, २० भदौं । स्थानीय स्तरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले १२ बेडको आइसोलेशन कक्ष तयार गरेको छ । आँबुखैरेनी गाउँपालिका वडा नं।३ शिवालय मन्दिर नजिक रहेको भवनमा गाउँपालिकाले प्रत्येक ४ वटा कोठामा ३÷३ जनाका दरले राख्ने गरी १२ बेडको आइसोलेसन कक्ष तयार गरेको हो । विश्वभर दु्रतगतीमा फैलिएको कोरोना भाईरस ९कोभिड–१९० को संक्रमण स्थानीय स्तरमा समेत दिनानुदिन बढ्दै गएको र आँबुखैरेनीबासीहरुलाई कोरोना संक्रमण देखिए अन्यत्रको ...

चितवनका २८ सहित ३६ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका २८ सहित ३६ जनामा कोरोना संक्रमण पुष्टि
चितवन :  चितवनका थप २८ जनामा कोरोना भाइरस )कोभिड १९–) संक्रमण पुष्टि भएको छ ।  भरतपुर अस्पताल (कोभिड –१९) प्रयोगशाला र चितवन मेडिकल कलेजमा गरिएको पिसिआर परिक्षणमा चितवनका २८ सहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनको भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालमा गरिएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरेको स्वाब परीक्षणमा चितवनका ७ सहित थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । शुक्रबार राति १२ बजेसम्म २ सय ३४ वटा स्वाबको परीक्षण गरिएको थिय...

चितवनका ७ सहित थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि

चितवनका ७ सहित थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि
  कुरिनटार :  चितवनको भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालमा गरिएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरेको स्वाब परीक्षणमा चितवनका ७ सहित थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । शुक्रबार राति १२ बजेसम्म २ सय ३४ वटा स्वाबको परीक्षण गरिएको थियो । अन्य २ जना , नवलपुर र रुपन्देहीका एक÷एक जना रहेका छन् । शुक्रबार आएको नतिजा अनुसार चितवनको भरतपुर महानगरपालिकाका ४ पुरुष ३ जना महिलामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितहरु भरतपुरका वडा नम्बर...

क्यान्सर पीडितको उपचारका लागि घिमिरे दम्पतीको सक्रियतामा एकलाख रुपैयाँ सहयोग जुट्यो

क्यान्सर पीडितको उपचारका लागि  घिमिरे दम्पतीको सक्रियतामा एकलाख  रुपैयाँ सहयोग जुट्यो
कुरिनटार :   इच्छाकामना गाउँपालिका वडा नं ४ नयाँवस्तिका ब्लड क्यान्सर पीडित यूवालाई एक लाख रुपैयाँ सहयोग जुटेको छ । चन्द्र बहादुर परियारका १९ वर्षिय छोरा तिमोथी परियारको उपचारका लागि अमेरीकामा रहनुभएका समाजसेवीद्वोय ध्रुव घिमिरे र राधिका घिमिरेको पहलमा उक्त रकम जुटेको हो । क्यान्सर पीडितको उपचारका लागि इच्छाकामना ३ कुरिनघाटका हाल अमेरीकामा रहनुभएका सामाजसेवी ध्रुव घिमिरे र राधिका घिमिरेबाट रु ५४ हजार ९९३ रुपैयाँ सहित विभिन्न व्यक्तिबाट एक लाख एक रुपैयाँ सहयोग जुटेको हो । ...

नेपालमा एकै दिन थपिए १२२१ जना कोरोना संक्रमित

नेपालमा एकै दिन थपिए १२२१ जना कोरोना संक्रमित
कुरिनटार १४ भदौ । देशभर कोरोना संक्रमितको संख्या ३८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा अहिलेसम्मकै धेरै १ हजार २ सय २१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार २ सय २१ जनासहित देशभर ३८ हजार ५ सय ६१ पुगेको जानकारी दिए । संक्रमितमध्ये २० हजार ८ सय २२ जना न...