चितवन :  चितवनका थप २८ जनामा कोरोना भाइरस )कोभिड १९–) संक्रमण पुष्टि भएको छ ।  भरतपुर अस्पताल (कोभिड –१९) प्रयोगशाला र चितवन मेडिकल कलेजमा गरिएको पिसिआर परिक्षणमा चितवनका २८ सहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनको भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालमा गरिएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरेको स्वाब परीक्षणमा चितवनका ७ सहित थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । शुक्रबार राति १२ बजेसम्म २ सय ३४ वटा स्वाबको परीक्षण गरिएको थियो । अन्य २ जना , नवलपुर र रुपन्देहीका एक/एक जना रहेका छन् ।

शुक्रबार आएको नतिजा अनुसार चितवनको भरतपुर महानगरपालिकाका ४ पुरुष ३ जना महिलामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितहरु भरतपुरका वडा नम्बर ६, १०, ११ र १४ का रहेका छन् । उनीहरु १४ देखि ४७ वर्ष उमेर समूहका रहेका छन् ।

यसै गरी गैँडाकोट, नवलपुरका ६० वर्षीय एक पुरुष र रुपन्देहीका ४२ वर्षीय एक पुरुषमा पनि कोरोना सङ्क्रम पुष्टि भएको अस्पतालले जनाएको छ ।
यसैबिच चितवन मेडिकल कलेजमा गरिएको परिक्षण्मा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जस मध्ये चितवनका २१ जना रहेका छन् । भरतपुर महानगरपालिकाका १९ तथा राप्ती र रत्ननगर नगरपालिकाका एक/ एक जना रहेको छन् ।
अन्य संक्रमित मध्ये मकवानपुरका दुई जना र गुल्मी पर्सा काठमडौँ र रुपेन्देहीका एक/एक जना रहेका छन् ।