
कुरिनटार १४ भदौ । देशभर कोरोना संक्रमितको संख्या ३८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा अहिलेसम्मकै धेरै १ हजार २ सय २१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार २ सय २१ जनासहित देशभर ३८ हजार ५ सय ६१ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये २० हजार ८ सय २२ जना निको भएर घर फर्किएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय २१ पुगेको छ ।