शिक्षा/स्वास्थ्य

ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकमा शैक्षिक अनुगमन

ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकमा शैक्षिक अनुगमन
गोरखा,१९कात्तिक  :   गण्डकी गाउँपालिका ७ स्थित श्री ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकमा अनुगमन गरिएको छ । गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सना साकार, वडा नम्बर ७ का वडाध्यक्ष तूलसी रेग्मि, गण्डकी गाउँपालिका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत सुदीप पन्थ र एकिकरण नेपालको प्रतिनिधहरुसहितको टोलीले अनुगमन गरेका हुन् । एकिकरण नेपालको व्यवस्थापन र रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग तथा गोरखाको नौ वटा स्थानीय तहको समन्वयमा सामुदायिक विद्यालयहरुमा लिट्रेसी एण्ड गल्स ए...

इच्छाकामना पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा

इच्छाकामना पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा
इच्छाकामना,१ असार :  चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । आइतबार गाउँपालिका कार्यालयको सभाहल कुरिनटारमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला खोप समन्वय समिति चितवनका संयोजक नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्नुभएको हो । गाउँपालिकाभित्र रहेका पाँचबर्ष मुनिका सम्पूर्ण बालबालिकाले पूर्णखोप लगाएको पाएपछि गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिए...

कुरिनटारमा जेठ ४ गते अपाङ्गता पहिचान परिक्षण घुम्ती शिविर हुदैँ

कुरिनटारमा जेठ ४ गते अपाङ्गता पहिचान परिक्षण घुम्ती शिविर हुदैँ
इच्छाकामना :  चितवनको इच्छाकामनामा  अपाङ्गता पहिचान परिक्षण घुम्ती  शिविर हुने भएको छ । इच्छाकामना गाउँपालिका र विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा  १८ बर्ष सम्मका शारिरिक अपाङ्गगता भएका बालबालिकाका लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा जेठ ४ गते आइतबार अपाङ्गता पहिचान परिक्षण घुम्ती  शिविर  हुने भएको हो । घुम्ती शिविरमा जन्मतजात खुट्टाको पैतलाा भित्र वा बाहिर फर्केको क्लब फुट,आगोले पोलेर अंगहरु एकआपसमा ...

सरकारी नीतिको दुरुपयोग गर्दै चितवन मेडिकल कलेज(सिएमसी),सर्वसाधरणलाई भ्रमित पार्ने विज्ञापन

सरकारी नीतिको दुरुपयोग गर्दै चितवन मेडिकल कलेज(सिएमसी),सर्वसाधरणलाई भ्रमित पार्ने विज्ञापन
सुमन सुवेदी भरतपुर :  चितवन मेडिकल कलेज (CMC) ले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट क्यान्सर पीडितहरूलाई दिइने निःशुल्क उपचार सुविधा (३ लाखसम्मको) लाई आफूले प्रदान गर्ने सेवा हो भन्ने भ्रामक आशयसहितको ठूलो होर्डिङ बोर्डमार्फत प्रचार गरिरहेको पाइएको छ।सरकारले जारी गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत गम्भीर रोगहरू, जस्तै क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरी आदि उपचारका लागि निश्चित शर्तमा अधिकतम ३ लाख रुपैयाँसम्मको सहयोग उपलब्ध गराइन्छ। यो सुविधा सरकारी य...

इच्छाकामनामा पूर्ण खोप सुनिश्चितता सम्बन्धी समिक्षा गोष्ठी सम्पन्न

इच्छाकामनामा पूर्ण खोप सुनिश्चितता सम्बन्धी समिक्षा गोष्ठी सम्पन्न
कुरिनटार :  इच्छाकामनामा नियमित खोप सुदृढिकरण पूर्णखोप सुनिशिचतता र दिगोपना सुक्ष्म योजना अध्यवधिक र सरसफाई प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा गाउँपालिका कार्यालयको सभाहलमा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा गाउँपालिका स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाले पूर्णखोप सुनिशिचतता घोषणा र दिगोपनाका बारे  जानकारी गराउनुभएको थियो । उहाँका अनुसार  जन्मिएको देखि १५ महिना र १६ देखि ५९ महिना सम्मको बालबच्चाको अवस्थाको तथ्या...

नेपाली कांग्रेसले इच्छाकामना शिक्षा शाखामा लगायो ताला

नेपाली कांग्रेसले इच्छाकामना शिक्षा शाखामा लगायो ताला
इच्छाकामना  : नेपाली कांग्रेसले  इच्छाकामनाले  गाउँपालिका  शिक्षा शाखामा ताल लगाएको छ ।  राष्ट्रिय आधारभूत विद्यालय कापे र रानीखोला माध्यमिक विद्याल रानिखोलामा नियम विपरित  शिक्षक नियुक्ति गरिएकोले  आरोप लगाउँदै नेपाली कांग्रेस इच्छाकामना, नेपाल शिक्षक संघ, नेपाल तरूण दल,ने.बि.संघ  र  नेपाल महिला संघले बुधबार गाउँपालिका शिक्षा शाखामा ताला लगाएका हुन् । यस अघि नेपाल शिक्षक संघ इच्छाकामनाले नियुक्त बदर गर्न माग गर्दै  गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएका थि...

इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न

इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न
इच्छकामना : चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । अस्पतालको प्रथम बार्षिकोत्सवको अवसरमा इच्छाकामना गाउँपालिकाको आयोजनामा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । विश्वज्योति फर्मा भरतपुर १० चितवनको सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा १८० जनाले स्वास्थ्य जाँच तथा उपचार गराएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाले बताउनुभयो । उहाँका अनुसार भिडियो एक्सरे १३३ जना, सुगर परिक्षण १४५,यू...

मानव शरीरको महत्त्वपूर्ण अंग कलेजो केहो ? यस्को सुरक्षा कसरी गर्ने?

मानव शरीरको महत्त्वपूर्ण अंग कलेजो केहो ? यस्को सुरक्षा कसरी गर्ने?
डा. नविन पौडेल - कलेजो मानिस र अन्य जनावरहरूको महत्त्वपूर्ण अंग हो। मानिसहरूमा यो पेटको माथिल्लो दायाँ भागमा र डायाफ्रामको तल अवस्थित हुन्छ, यसको त्रिकोणीय आकार हुन्छ, वयस्कहरूमा औसत तौल १.४ देखि १.५ किलोग्राम हुन्छ, गाढा रातो खैरो हुन्छ, र चिल्लो सतह र नरम स्थिरता हुन्छ। कलेजोको मुख्य कार्यहरू : यसले पाचन प्रक्रियामा बोसो तोड्न आवश्यक पित्त उत्पादन गर्छ। यसले अन्य खाद्य पदार्थहरूलाई पनि प्रशोधन गर्छ जबसम्म तिनीहरू शरीरको लागि पोषक बन्दैनन्। भिटामिन, फलाम, खनिज,...

इच्छाकामनाको भाराङ सामुदायिक स्वास्थ्य इकाइलाई औषधि सहयोग

इच्छाकामनाको भाराङ सामुदायिक  स्वास्थ्य इकाइलाई औषधि सहयोग
इच्छाकामना  :    चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ भाराङमा रहेको सामुदायिक स्वास्थ्य इकाइलाई औषधि प्रदान गरिएको छ । बुधबार सपना भिलेज सोसल इम्प्याक्टले सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको यहाँका स्थानीयहरुलाई  निःशुल्क प्रदान गर्ने गरि औषधी  सहयोग  गरिएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो  । रु. १ लाख २४ हजार ११५ रुपैयाँको  ३१ प्रकारका औषधि भाराङ स्वास्थ्य इकाइका प्रमुख सूर्य बहादुर चेपाङलाई  हस्तान्तरण गरिएको हो ।  इच्छाकामना गाउँप...