शिक्षा/स्वास्थ्य

कोरोनाबाट चितवनमा थप एक जनाको मृत्यु

कोरोनाबाट चितवनमा थप एक जनाको मृत्यु
चितवन :  जिल्लामा थप एक जनाको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं ११ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका ती पुरुषलाई अन्तिम अवस्था जनाउँदै अस्पतालले बुधबार घर फर्काएको थियो । मृत्युपछि आएको पिसिआर नतिजामा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना सङ्क्रणबाट मृत्यु हुनेको सङ्ख्या २१ जना पुगेको छ ।

पुर्व विद्यार्थीहरुद्वारा भद्रकाली मा.वि.लाई स्वास्थ्य सामाग्री सहयोग

पुर्व विद्यार्थीहरुद्वारा भद्रकाली मा.वि.लाई स्वास्थ्य सामाग्री सहयोग
भुम्लिचोक, १५ असोज । गण्डकी गाउँपालिका ६ भुम्लिचोकमा अवस्थित श्री भद्रकाली माध्यमिक विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । पूर्व विद्यार्थी तथा न्यु स्टार अफ भुम्लिचोक युथ क्लबका पदाधीकारीहरु ओम प्रकाश श्रेष्ठ, प्रकाश श्रेष्ठ र सुमन श्रेष्ठले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । उनिहरुले आज २ हजार थान सर्जिकल मास्क, ५ सय मिलिमिटर सेनिटाइजर र डिटेल साबुन सहितको स्वास्थ्य सामाग्री सहयोग गरिएको विद्यालयले जनाएको छ ।

२४ घण्टामा थपिए १हजार ९११ जना कोरोना संक्रमित

२४ घण्टामा थपिए १हजार ९११ जना कोरोना संक्रमित
काठमाडौं  :  नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको जानकारी दिए । संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । संक्रमितमध्ये ५७ हजार ३ सय ८९ जना निको भएर घर फर्किएका छन् भने ५ सय ९ जनाको ज्यान गएको छ ।

इच्छाकामनाको दुई विद्यालयमा “एक विद्यालय एक नर्स कार्यक्रम” लागुहुने।

इच्छाकामनाको दुई विद्यालयमा “एक विद्यालय एक नर्स कार्यक्रम” लागुहुने।
कुरिनटार ८ भदौ - चितवनको इच्छाकामना गाउँपालिकाको  दुइ विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागु हुने भएको छ।                                                                                            बागमती प्रदेश सरकारले गत वर्षदेखि सुरु गरेको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ का लागि यस वर्ष वडा नं. ३ मा रहेको माझगाउँ मावि दारेचोक र वडा नं. २ मा रहेको जनप्रिय मावि काउँले छनौट भएको हो।सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले बुधबार एक सूचना जारी गर्दै उक्त विद्यालयहरु आव ...

तनहुँको आँबुखैरेनीका एक कोरोना सङ्क्रमितको मृत्यु

तनहुँको आँबुखैरेनीका एक कोरोना सङ्क्रमितको मृत्यु
आँबुखैरेनी  : तनहुँको आँबुखैरेनीका कोरोना संक्रमित एक यूवकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृ...

पछिल्लो २४ घण्टामा नेपालमा १,३५६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा १,३५६ जनामा कोरोना संक्रमण
काठमाडौं :  नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय ५६ जनासहित देशभर संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । संक्रमितमध्ये ४८ हजार ६१ जना निको भएर घर फर्किएका छन् भने ४ सय २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

कृष्ण घोतानेको पहलमा मृृगौला पीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख

कृष्ण घोतानेको पहलमा मृृगौला पीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख
चितवन, ३ असोज । मृगौला पीडित शर्मिला गुरुङके उपचारका लागि रु ११ लाख सहयोग जुटेको छ । दुबै मृगौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका ३ चैवुङकी १९ वर्षिया शर्मिला गुरुङको उपचारका लागि ११ लाख ८५ हजार रुपैयाँ रकम संकलन भएको हो । सामाजिक अभियन्ता कृष्ण घोताने गुरुङले सामाजिक सञ्जाल फेसबुकमा गरेको आह्वानबाटै उक्त रकम संकलन भएको हो। देश विदेशमा रहेका १ सय १७ जना व्यक्ति तथा संघ संस्थाले उक्त रकम सहयोग गरेको तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश सदस्य समे...

जन्मदिनको अवसरमा अध्यक्ष गुरुङद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

जन्मदिनको अवसरमा अध्यक्ष गुरुङद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग
कुरिनटार :  इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गर्नुभएको छ । आफ्नो जन्म दिनको अवसरमा शनिबार इच्छाकामना ४ कुरिनटार निवासी १८ बर्षिया ब्लड क्यान्सर पीडित तिमोथी परियारलाई रु १० हजार नगद प्रदान गर्नुभएको हो । अध्यक्ष गुरुङले जन्म दिनको अवसरमा फजुल खर्च नगरी यस्तै दुखीपीडितहरुका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । क्यान्सर पीडित परियारको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आर्थिक अभावका कारण अहिले छोरा तिमोथीलाई ह...

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु
चितवन  :  शनिबार चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको छ । रौतहट चन्द्रपुर नगरपालिका घर भएकी ६० वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु भएको महिलाका आफन्तले जानकारी दिएका छन । बिरामी भएर केही दिनदेखी उपचार गराउदै आएको उनमा निमोनियाबाट पीडित भएकी थिइन । भेन्टिलेटरमा राखेर उपचार गराउदै आएको उनमा स्वासप्रस्वास को समस्या देखिएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिनु भयो । उनको बिहान ५ बजे मृत्यु भएको थियो ।

चितवनमा फेरी थपिए पाँच कोरोना संक्रमित

चितवनमा फेरी थपिए पाँच कोरोना संक्रमित
चितवन :  जिल्लामा चितवनमा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा रत्ननगर, खैरहनी र राप्तीका क्वारेन्टिनमा रहेका पाँच जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका–५ का २७ वर्षीय पुरुष रहेका छन् । यस्तै खैरहनी नगरपालिका वडा नं।४ र २ का ४३ र ३२ वर्षका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै राप्ती नगरपालिका–६ का २४ वर्षीय पुरुष र २२ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।