
कुरिनटार : इच्छाकामना गाउँपालिका वडा नं ४ नयाँवस्तिका ब्लड क्यान्सर पीडित यूवालाई एक लाख रुपैयाँ सहयोग जुटेको छ । चन्द्र बहादुर परियारका १९ वर्षिय छोरा तिमोथी परियारको उपचारका लागि अमेरीकामा रहनुभएका समाजसेवीद्वोय ध्रुव घिमिरे र राधिका घिमिरेको पहलमा उक्त रकम जुटेको हो ।
क्यान्सर पीडितको उपचारका लागि इच्छाकामना ३ कुरिनघाटका हाल अमेरीकामा रहनुभएका सामाजसेवी ध्रुव घिमिरे र राधिका घिमिरेबाट रु ५४ हजार ९९३ रुपैयाँ सहित विभिन्न व्यक्तिबाट एक लाख एक रुपैयाँ सहयोग जुटेको हो ।
संकलित रकमहरु आज विरामीका बुबा चन्द्र परियारलाई हस्तान्तरण गरिएको सहयोगका लागि नेपालबाट सहजीकरण गरिरहनुभएका इच्छाकामना ३ कुरिनघाटका यूवा व्यवसायी दीपक खनालले जानकारी दिनुभयो । सहयोगीहरु इच्छाकामना घर भई हाल अमेरीकामा बस्दै आउनुभएको छ ।
सहयोगी दाताहरुको नामावली
१,ध्रुब घिमिरे तथा राधिका घिमिरे कुरिनघाट रु. ५४ हजार ९९३
२, सन्त महर्जन तथा सुमित्रा श्रेष्ठ कुरिनघाट रु. ११ हजार ६९०
३, मकानसिंह गुरुङ तथा माया गुरुङ गुरुङ खैरेनिटार रु.८ हजार ७६८
४, प्रज्ञान उदास तथा शान्ति उदास कुरिनघाट रु.६ हजार ४३०
५, सिरोज गुरुङ तथा तथा शान्ति गुरुङ रु .५हजार ८४५
६, भरतबाबु श्रेष्ठ रु मुग्लिन
७,रामकृष्ण मगर तथा सविता मगर भरतपुर रु .५हजार ८४५
आर्थिक अभावका कारण उपचारमा समस्या भएको बिरामीका बुबा चन्द्र बहादुर परियारले बताउनुभयो । । एक महिना अघिदेखि विरामी परेका उनको अहिले सिभिल हस्पिटल काठमाडौँमा उपचार भइरहेको छ ।