
चितवनः पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएकी एक वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ की ७८ वर्षिया महिला रहेकी छन् ।
दमको समस्याका कारण भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते दिउँसो ४ः३० वजे उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो । मृत्यु पछि आज बिहान आएको पिसीआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
यो संगै जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २४ पुगेको छ । एक जना वृद्धाको घरमानै मृत्यु भएको थियो । चितवनका १४ जना, मकवानपुरका ५ जना, नवलपरासी सुस्ता पूर्बका ३ जना, वारा, गोर्खा र कैलालीका १र१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।