चितवन : जिल्लामा थप एक जनाको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं ११ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका ती पुरुषलाई अन्तिम अवस्था जनाउँदै अस्पतालले बुधबार घर फर्काएको थियो । मृत्युपछि आएको पिसिआर नतिजामा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना सङ्क्रणबाट मृत्यु हुनेको सङ्ख्या २१ जना पुगेको छ ।