काठमाडौं :  नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय ५६ जनासहित देशभर संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

संक्रमितमध्ये ४८ हजार ६१ जना निको भएर घर फर्किएका छन् भने ४ सय २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।