कुरिनटार ८ भदौ – चितवनको इच्छाकामना गाउँपालिकाको दुइ विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागु हुने भएको छ। बागमती प्रदेश सरकारले गत वर्षदेखि सुरु गरेको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ का लागि यस वर्ष वडा नं. ३ मा रहेको माझगाउँ मावि दारेचोक र वडा नं. २ मा रहेको जनप्रिय मावि काउँले छनौट भएको हो।सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले बुधबार एक सूचना जारी गर्दै उक्त विद्यालयहरु आव २०७७/०७८ मा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागु गर्न छनौट भएको जनाएको छ। इच्छाकामना गाउँपालिका अध्यक्ष गिताकुमारी गुरुङले इच्छाकामना गाउपालिकाले कार्यबिधी अनुरुप दुई विद्यालय सिफारिस गरिएको र कार्यक्रम दुबै विद्यालयमा लागू हुने भएकोमा प्रदेश सरकारलाई धन्यवाद दिनु भएको छ।
इच्छाखबर संवाददाता












