भुम्लिचोक, १५ असोज । गण्डकी गाउँपालिका ६ भुम्लिचोकमा अवस्थित श्री भद्रकाली माध्यमिक विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ ।
पूर्व विद्यार्थी तथा न्यु स्टार अफ भुम्लिचोक युथ क्लबका पदाधीकारीहरु ओम प्रकाश श्रेष्ठ, प्रकाश श्रेष्ठ र सुमन श्रेष्ठले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । उनिहरुले आज २ हजार थान सर्जिकल मास्क, ५ सय मिलिमिटर सेनिटाइजर र डिटेल साबुन सहितको स्वास्थ्य सामाग्री सहयोग गरिएको विद्यालयले जनाएको छ ।
इच्छाखबर संवाददाता












