दशैंको पहिलो दिन आज घटस्थापना : बिहान ११ बजेर ४६ मिनेटको शुभसाइत
काठमाडौँ : आजबाट हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैं शुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिंदै छ ।
मलमासका कारण कात्तिक महिनामा परे पनि तिथी अनुसार आज आश्विन शुक्लपक्ष प्रतिपदा तिथी हो । आज सबैले आ–आफ्नो घरको पुजा कोठामा विधिपूर्वक घटस्थापना गर्छन ।
त्यस्तै काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि धार्मिक विधिपूर्वक घटस्थापना गरिंदैछ । घटस्थापनाका लागि आज बिहान ११ बजेर ४६ मिनेटको शुभसाइत रहेको पञ्चांग निर्णायक ...







