गोरखा  : गोरखामा आज बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको गण्डकी र धार्चे गाउँपालिका र गोरखा नगरपालिकामा कोरोना संक्रमित थपिएका छन । संक्रमण देखिएका मध्ये गोरखा नगरपालिका २, ६, ७ र १० का गरी ९ जनामा संक्रमणको पुष्टी भएको छ । जस मध्ये गोरखा नगरपालिका २ मा १ जना पुरुष, ६ मा १÷१ महिला पुरुष, ७ मा २ जना महिला र ३ जना पुरुषका साथै १० मा १ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।

गण्डकी गाउँपालिका पनि ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले दिएको जानकारी अनुसार गण्डकी गाउँपालिका १ को वडा सचिवलाई संक्रमण भएको छ । त्यस्तै गरी वडा नम्बर ८ मा हाइड्रो पावरमा काम गर्ने २ जना २ जना स्थानियका साथै वडा नम्बर ७ मा विदेशबाट आएका ब्यक्तिको परिवारका सदस्य र अर्का १ जना स्थानियलाई संक्रमण पुष्टी भएको हो ।

धार्चे गाउँपालिकामा संकलित स्वाब परिक्षणका क्रममा त्यस क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाका १ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिनुभयो।

धार्चेमा कोरोना संक्रमण देखिएका ब्यत्ति श्री स्वाराँ सघन गाउँ विकास केन्द्रमा काम गर्ने पुरुष कर्मचारी भएको पुष्टी भएको छ ।

संक्रमित सबैको क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । यस अघि आज नै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखाको गण्डकी गाउँपालिका भित्र मात्र १६ जनामा संक्रमणको पुष्टी गरेको थियो । तर प्रदेश निर्देशनालयले निकालेको सूचनामा पुष्टी गरिएकाहरु सवै गण्डकी गाउँपालिका भित्रका मात्र नभएको खुलेको हो ।

निर्देशनालयले जारी गरेको सूचना भने गण्डकी गाउँपालिका १, ६, ७, ८ र १० नम्बर वडामा १६ जनामा संक्रमण पुष्टी भएको जनाएको छ ।यो संगै गोरखा जिल्लाका कोरोना संक्रमितहरुको संख्या ३३९ जना पुगेको छ ।