
चितवन : कालिका नगरपालिकाले कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि दैनिक सेवा प्रवाह वन्द गरेको छ । आज एक सुचना जारी गरेर दैनिक प्रशासनिक कामकाज बन्द गरेको जानकारी दिएको हो । नगरपालिकाका अधिकाँश कर्मचारीमा ज्वारो आउने, रुघाखोकी लाग्ने जस्ता स्वास्थ्य समस्या आएपछि असोज २२ गते स्वाब परीक्षण गर्दा केही कर्मचारीको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाकाले जनाएको छ । अन्य कर्मचारीहरुको कन्टयाक्ट टेसिङको आधारमा स्वाव परीक्षण गर्नुपर्ने भएकाले रिपोर्ट नआउँदा सम्म सेवा प्रवाह रोकिने महेन्द्र नाथ खनालद्धारा जारी सुचनामा भनिएको छ । अर्को सुचना जारी भएपछि मात्रै सेवा प्रवाह गरिने जनाइएको छ ।