शिक्षा/स्वास्थ्य

पुरानो मेडिकल कलेजमा उपचाररत गोरखाका कोरोना सङ्क्रमितको मृत्यु

पुरानो मेडिकल कलेजमा उपचाररत गोरखाका कोरोना सङ्क्रमितको मृत्यु
चितवन :  चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल ल्याइएका उहाँमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको शनिबार राति मृत्यु भएको हो ।

कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेरटरमा सारियो

कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेरटरमा सारियो
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मालाई कोरोना भाइरस संक्रमणसँगै फोक्सोको निमोनियाका स्वास्थ्य अवस्था थप गम्भीर बनेपछि भेन्टिलेटरमा सारिएको छ। कोरोना संक्रमण र निमोनियाका कारण फोक्सोमा गम्भीर असर देखिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका विश्वकर्मा लाई भेन्टिलेटरमा राखेर उपचार थालिएको हो। यसअघि आइसीयुमा उपचाररत उनको स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकहरुले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा सारेका हुन्। नेता विश्वकर्माका सहयोगी आकाश उप्रेतीका अनुसार फोक्सो...

आँबुखैरेनीमा थप २ जनामा कोरोना संक्रमण पुष्टी

आँबुखैरेनीमा थप  २ जनामा  कोरोना संक्रमण पुष्टी
तनहुँ  :  आँबुखैरेनी गाउँपालिकामा २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले नियमित अपडेट मार्फत आँबुखैरेनी गाउँपालिकामा आज २ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेको हो। गाउँपालिकामा थपिएका संक्रमितमा चितवन मेडिकल कलेज भरतपुरमा पिसिआर परिक्षण गरिएका वडा नं। ४ का ८० वर्षीय पुरुष र क्षयरोग उपचार केन्द्र पोखरामा पिसिआर परिक्षण गरिएका ६५ वर्षीया महिला रहेको जनाएको छ।

ओपिडी सेवा सहितको इच्छाकामना फार्मेसी सञ्चालन

ओपिडी सेवा सहितको इच्छाकामना फार्मेसी सञ्चालन
कुरिनटार :  चितवनको इच्छाकामना ४ कुरिनटारमा शुक्रबारदेखि फार्मेसी सञ्चालनमा आएको छ । ओपिडी सेवा सहितको इच्छाकामना फार्मेसी संचालनमा आएको हो । फार्मेसीको इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र संचालक समितिका अध्यक्ष माधव बहादुर घिमिरेले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । एमविविएस डा. प्रितम पाण्डेद्वारा हरेक दिन विरामी जाँच गरिने इच्छाकामना फार्मेसीका संचालक समितिका सदस्य बिजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार फार्मेसीले २४ सै घण्टा सेवा दिने छ । निकट ...

इच्छाकामनामा १ जनामात्र नयाँ संक्रमित, ३ जना पुरानै

इच्छाकामनामा १ जनामात्र नयाँ संक्रमित, ३ जना पुरानै
कुरिनटार : इच्छाकामना गाउँपालिकामा आज १ जना  महिलामा कोरोना पोजिटिभ देखिएको छ । उनि कन्ट्रयाक ट्रेसिङमा परेकी थिइन् । कन्ट्याक ट्रेसिङमा परेपछि उनि होम क्वारेन्टिनमा बस्दै आएकी छिन् । यसअघि ४ जनामा पुष्टि भनिएकोमा ३ जना पुरानै रहेको गाउँपालिका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकि ३ जना केहि दिन अघि कोरोना पोजेटिभ देखिएर होम आईसोलेसनमा रहेको र उनीहरुको पुनः कोरोना परिक्षण गर्दा पोजेटिभ आएको हो। उनिहरुको भरतपुर अस्पताल कोभिड १९ प्रय...

चितवनको इच्छाकामनाका ४ सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

चितवनको  इच्छाकामनाका  ४ सहित  थप ३४ जनामा कोरोना   संक्रमण पुष्टि
चितवन :  जिल्लामा गरिएको परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर (कोभिड –१९ )परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका २८ सहित थप ३४ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालले आज ( मंगलबार) विहान ५ बजे सार्वजनिक गरिएको विवरण अनुसार भरतपुर महानगरपालिकाका १७ जना, राप्तीका १,, माडीका १, इच्छाकामनाका ४ , खैरहनीका २ र रत्ननगरका ३ जनामा कोरोना पोजिटिभ देखिएको हो । अन्य ६ जना भने बाहिरी जिल्लाका रहेका छन् । मकवानपुरको हेटौँडाका २ , नवलपरासीको गैँडाकोटका १ र रुपन्...

इच्छाकामनाका एक सहित १४१ जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामनाका एक सहित १४१ जनामा कोरोना संक्रमण पुष्टि
चितवन :  आज चितवनमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) कोभिड १९ ल्याबमा गरिएको परीक्षणमा एकै दिन १४१ जनामा कोभिड १९ (कोरोना भाईरस) पोजेटिभ देखिएको हो । शुक्रबार ३७२ नमूना परीक्षण गर्दा १४१ मा पोजेटिभ देखिएको कलेजले शनिबार जनाएको छ । जसमध्ये भरतपुर महानगरपालिकाका ८० जना रहेका छन् । त्यसैगरी रत्ननगर नगरपालिकाका नौ, कालिका नगरपालिकाका १, खैरहनी नगरपालिकाका ४, राप्ती नगरपालिकाका ३, माडी नगरपालिकाका १, ईच्छाकामना गाउँपालिकाका १ रहेका छन् । ...

नेविसंघ इच्छाकामनाको प्रथम अधिवेशन सम्पन्न, सभापतिमा सनम पन्त

नेविसंघ इच्छाकामनाको प्रथम अधिवेशन सम्पन्न, सभापतिमा सनम पन्त
  कुरिनटार :    नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) इच्छाकामनाको सभापतिमा सनम पन्त चयन हुनुभएको छ । इच्छाकामना ४ लेवाटारमा सम्पन्न प्रथम अधिवेशनबाट पन्त सर्वसहमतिले सभापतिमा चयन हुनुभएको हो । यसैबिच उप–सभापतिमा लक्ष्मी त्रिपाठी, सचिवमा करण कुँवर, सह–सचिवमा सफल गुरुङ र कोषाध्यक्ष बादल परियार चयन हुनुभएको छ । अधिवेशनले १५ सदस्यीय कार्यसमिति सर्वसहमतिले चयन गरिएको सभापति सनम पन्तले जानकारी दिनुभयो । गाउँपालिका उपाध्यक्ष समेत रहनुभएका नेपाली कां...

उपभोक्ता ठगी गर्ने चितवनका पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारवाही

उपभोक्ता ठगी गर्ने   चितवनका पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारवाही
  चितवनः उपभोक्तालाई ठगी गरेको अभियोगमा चितवनका पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । ती संस्थालाई उपभोक्ता ठगी गरेको अभियोगमा रु ५० हजार जरिवाना सहित कारवाही गरिएको हो । वाणिज्य कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले शुक्रबार भरतपुर महानगरपालिका भित्र बजार अनुगमन गर्दा मूल्य सूची नराखिएको तथा खरिद र बिक्रि बिल उपलव्ध गराउन नसकेपछि कारवाही गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्म...

कोरोना संक्रमणबाट खैरहनीका वडा सदस्यको निधन

कोरोना संक्रमणबाट खैरहनीका वडा सदस्यको निधन
चितवन  : कोरोना संक्रमणबाट चितवनको खैरहनी १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको निधन भएको छ । क्यान्सरबाट पीडित पाण्डेको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार बिहान १ः३० बजे मृत्यु भएको हो । ४१ वर्षीय उनको गत चैतमा क्यान्सरको अप्रेसन गरिएकोमा तेस्रो पटक किमो चढाइएको थियो । पाण्डेमा दुई दिनअघि कोरोना संक्रमणसमेत पुष्टि भएको थियो । पाण्डे स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए ।