चितवन : जिल्लामा गरिएको परिक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर कोभिड– १९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ३२ सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा चितवनको भरतपुर महानगरपालिकाका २७ जना,माडीका १, खैरहनीका १,रत्ननगरका २ र इच्छाकामना १ जना रहेका छन् ।
त्यसैगरि सर्लाही चक्रघट्ट र नवलपरासी मध्यविन्दुका १/१ जनामा कोरोना संक्रमण पुष्टिभएको प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीले जानकारी दिनुभयो ।
इच्छाकामना ४ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै गाउँपालिकाभर संक्रमितको संख्या १८ पुगेको छ ।

इच्छाखबर संवाददाता












