शिक्षा/स्वास्थ्य

पछिल्लो २४ घण्टामा थपिए ४ हजार ४७ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ४ हजार ४७ जना कोरोना संक्रमित
काठमाडौं :  नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा छ । छिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ४७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । संक्रमितमध्ये ७७ हजार २ सय ७७ जना निको भएर नियमित काममा फर्किएका छन् भने ६ सय ४५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

निजी स्रोतका २८ हजार शिक्षक तलबबाट वञ्चित

निजी स्रोतका २८ हजार शिक्षक तलबबाट वञ्चित
  चितवन :  देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् । शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा ४० जना मात्रै दरबन्दीका शिक्षक छन् भने ४७ जना निजी स्रोतका । दरबन्दीका शिक्षकलाई सरकारले दिने तलब खुवाइए पनि निजी स्रोतका शिक्षकलाई तलब खुवाउने समस्या भएको विद्यालयका प्रधानाध्यापक (प्रअ) पूर्णप्रसाद दवाडी बताउँछन् । ‘निजी स्रोतका शिक्षकलाई मात्रै हामीले मासिक पाँच ...

सरकार र अनसनरत डा.केसीबीच ८ बुँदे सहमति, आज अनसन तोडिने

सरकार र  अनसनरत डा.केसीबीच ८ बुँदे सहमति, आज अनसन तोडिने
काठमाडौं:  २७ दिनदेखि अनसनरत डा.गोविन्द केसीले आज अनसन तोड्ने भएको छ । सरकारसंग शनिबार मध्यरातमा ८ बुँदे सहमति भएपछि अनसन तोड्ने भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा।केसीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार डा.केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन तोडिएको घोषणा गर्नेछन् । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ । डा. केसी २७ दिनदेखि आमरण अनसनमा छन् ...

गोरखामा ९ वटा व्यवसायीलाई १ लाख २५ हजार जरिबाना

गोरखामा ९ वटा व्यवसायीलाई १ लाख २५ हजार जरिबाना
गोरखा २४, असोज । जिल्लाको सदरमुकाम क्षेत्रमा उपभोक्ता हित बिपरित सञ्चालन भएका ९ वटा पसललाई कारवाही गरेको छ । बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण बिभागले बिभागकी निरिक्षण अधिकृत समेत रहनु भएकी गोरखा जिल्लाका साहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे ९खत्री० को नेतृत्वको टोलीले बिभिन्न होलसेल तथा खुद्रा किराना पसलहरुलाई ५ हजारदेखि १० हजारसम्म जरिबाना गराएको हो । अनुगमनका क्रममा उपभोक्ता हित बिरुद्ध कार्य गरेको भेटिएका श्रेष्ठ किराना स्टोर्सलाई २० हजार, राना किराना स्र्टोसलाई...

इच्छाकामना ४ का थप २ जनामा कोरोना संक्रमण

इच्छाकामना  ४ का   थप  २ जनामा कोरोना  संक्रमण
चितवन :  जिल्लामा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भतरपुर अस्पताल  (कोेभिड–१९) प्रयोगशालामा आज गरिएको परिक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा भरतपुर महानगरपालिकाका १७, राप्ती नगरपालिकाका ५ जना, इच्छाकामनाका २ , खैरहनिका १, रत्ननगर नगरपालिकाका ६ र माडीनगरपालिकाका ४ जना रहेका छन् । इच्छाकामना गाउँपालिकामा आज थप २ जना महिलामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, शुक्रबार २ हजार ५९ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, शुक्रबार २ हजार ५९ जना थपिए
काठमाडौं :  नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए । देशभर संक्रमितको संख्या १ लाख ६ सय ७६ जना पुगेको छ । संक्रमितमध्ये ७३ हजार २३ जना निको भएर घर फर्किएका छन् भने ६ सय जनाको ज्यान गएको छ ।

धादिङको बेनीघाट रोराङमा एकै दिन २० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

धादिङको बेनीघाट रोराङमा एकै दिन २० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
धादिङ :  बेनीघाट रोराङ गाउँपालिकामा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । २० गते गरिएको स्वाब संकलन मध्ये २० जनामा कोरोना पुष्टि भएको र एक जनाको मृत्यु भएको गाउँपालिकाले जनाएकोछ । मृत्यु हुनेमा वडा नम्बर ७ का ५१ बर्षिय एक पुरुष रहेका छन् । उनको २० गते स्वाब संकलन गरि पठाइएको थियो । यसैबिच गाउँपालिकाभित्र रहेका सम्पूर्ण स्कुल,बैँक, , होटल,, पसल व्यपार व्यवसाय असोज २५ गतेदेखि ३० गते सम्म बन्द गर्न गाउँपालिकाले सुचना जारी गरेको छ । गाउँपालिकाका २ जना कर्मचारीमा पनि कोरोन...

चितवनका २७ सहित थप ३० जनामा कोरोना संक्रमण

चितवनका २७ सहित थप ३० जनामा कोरोना संक्रमण
चितवन : चितवनमा गरिएको परिक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल (कोभिड–१९) प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका २७ सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार बिहान सार्वजनिक गरिएको  विवरणमा  चितवनका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका १५ जना, राप्तिका ६ जना र रत्ननगरका ४ जना रहेको छन् । बसै बिच नवलपरासीको गेँडाकोट र कावासोतीका १र१ जना र मकवानपुरको हेटौँडाका १ जना रहेको छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु
काठमाडौं  : नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ९० पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न जिल्लामा थपिएका १२ जनासहित देशभर कोरोना संक्रमणबाट ५ सय ९० जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । संक्...

पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा संक्रमण
काठमाडौं :  कोरोना भाइरस संक्रमितको संख्या नेपालमा निरन्तर बढ्न थालेको छ । पछिल्लो २४घण्टामा देशभर ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो । मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । संक्रमितमध्ये ७१ हजार ३ सय ४३ जना निको भएर घर फर्किएका छन् भने ५९० जनाले कोरोना संक्रमणबाट ...