गोरखा :  शुक्रबार बिहान मात्रै गोरखामा ५ जना कोरोना संक्रमित थपिएका छन ।जिल्लाको पालुङटार नगरपालिकामा ४ जना र गोरखा नगरपालिकाका १ जनामा कोरोना सक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले सूचना जारी गर्दै पालुङटार नगरपालिका १, २ र ५ मा गरी ४ जना र गोखा नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । पालुङटारको १ र २ मा १÷१ जना पुरुष र ५ मा १ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ ।
संक्रमण देखिएका सबै कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
यसैबिच गोरखा नगरपालिका १० का ५२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।