शिक्षा/स्वास्थ्य

चितवनमा निषेधाज्ञा असोज १५ गते सम्म थप

चितवनमा  निषेधाज्ञा असोज १५ गते  सम्म थप
चितवन : चितवनमा जारी निषेधाज्ञा असोज १ गतेदेखी १५ गतेसम्मका लागी थपिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै असोज १५ गतेसम्मका लागी निषेधाज्ञा थपिएको हो । कोभिड १९ को संकमणको जोखिम बढ्ने गरी भौतिक रूपमा उपस्थित भई गरिने सबै प्रकारका सभा सम्मेलन , प्रदर्शन , भेला , जात्रा तथा महोत्सव सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।

चितवनका शैक्षिक संस्थामा असोज १ गतेदेखि पढाइ हुने

चितवनका शैक्षिक संस्थामा असोज १ गतेदेखि पढाइ हुने
चितवन,२७ भदौ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा ३४९ सामुदायिक र १७६ संस्थागत विद्यालय छन् । ती विद्यालयमा एक लाख ५६ हजार ८०० विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन...

रोटरी क्लब अफ नारायणगढद्वारा भरतपु अस्पताललाई प्यासन मोनिटर हस्तान्तरण

रोटरी क्लब अफ नारायणगढद्वारा भरतपु अस्पताललाई प्यासन मोनिटर हस्तान्तरण
चितवन : रोटरी क्लब अफ नारायणगढले भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । क्लबले अस्पताललाई ३ थान प्यासन मोनिटर हस्तान्तरण गरेको हो । Rotary Club of Limavady, the Rotary Club of Carrickfergus and the Rotary Club of Ballymoney in Northern Ireland को सहयोगमा प्यासन मोनिटर (paitent monitiors) हस्तान्तरण गरिएको रोटरी क्लब अफ नारायणगढका सचिव दिलिप तामाङले जानकारी दिनुभयो । अस्पतलका मेसु कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरिएको हो । चितवनको सेरोफेरोमा रहेको सम्पूर्...

तनुहँका सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन

तनुहँका सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन
तनहुँ : गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा प्रभावकारी भए पनि ग्रामीण भेगमा भने अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको थियो । जिल्लाका व्यास, भिमाद, शुक्लागण्डकी, भानु नगरपालिका तथा ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाले विद्यालय सञ्चालन गराएका छन् । देवघाटले आइतबार मात्र विद्यालय सञ्चालन गराएको हो भने अन्य स्थानीय तहले केही दिन अगाडिबाट विद्यालय खुलाएका थ...

पछिल्लो २४ घण्टामा चितवनमा कोरोनाबाट पाँच जनाको मृत्यु, ७१ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा चितवनमा कोरोनाबाट पाँच जनाको मृत्यु, ७१ संक्रमित थपिए
चितवन :  पछिल्लो २४ घण्टामा चितवनमा कोरोना संक्रमणबाट पाँच जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये चितवनका तीन जना, मोरङको एक जना र लमजुङको एक जना रहेका छन् । त्यसैगरी चितवनमा विगत २४ घण्टामा ७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ५२ जना, खैरहनी नगरपालिकामा एक जना, माडीमा सात जना, रत्ननगर नगरपालिक...

अख्तियारद्वारा भरतपुर अस्पतालमा छापा

अख्तियारद्वारा भरतपुर अस्पतालमा छापा
चितवन :  भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले आज अस्पतालले संचालन गरेको फार्मेसीमा अनियमितता भएको उजुरी पछि छापा मारेको जनाइएको छ । बाहिरी फर्मबाट औषधि खरिद गरेको, सामान्य औषधि समेत उपलब्ध नगराएको जस्ता विषयमा उजुरी परेको बुझिएको छ ।

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने (परीक्षा तालिका सहित )

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने (परीक्षा तालिका सहित )
काठमाडौं : कक्षा १२ को परिक्षा परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद श...

आज एकैदिन ३ हजार भन्दा बढी कोरोना संक्रमण मुक्त, २ हजार ९२ थपिए

आज एकैदिन ३ हजार भन्दा बढी कोरोना संक्रमण मुक्त, २ हजार ९२ थपिए
काठमाडौं : केही दिनयता नेपालमा कोरोना संक्रमण देखिने भन्दा संक्रमण मुक्त हुनेको संख्या बढेको छ ।पछिल्लो २४ घण्टामा २ हजार ९२ जनामा कोरोना संक्रमण देखिँदा ३ हजार ३० जनाले संक्रमण जितेका छन् । स्वास्थ्य मन्त्रालयले गरेको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले १४ हजार ९ सय ३५ जनामा गरिएको परीक्षणमा १३ दशमलव ६ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको जानकारी दिनुभयो । प्रवक्ता डा. पौडेलले संक्रमण पुष्टि हुने दर केही दिन यता कम भएको जस्तो देखिएता पनि प्रदेश अन...

पछिल्लो २४ घण्टामा चितवनमा पाँच जनाको मृत्यु , ६१ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा चितवनमा  पाँच  जनाको  मृत्यु , ६१ संक्रमित थपिए
चितवन : पछिल्लो २४ घण्टामा चितवनमा ६१ जना कोरोना संक्रमित थपिएका छन् । ७१९ जनाको पिसिआर परिक्षण गर्दा ४६ र ९९ को एन्टिजेन परिक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ३५,खैरहनिमा २ , माडि १० ,रत्ननगरमा १२,कालिकामा १ र इच्छाकामनाका १ जनामा संक्रमण भएको हो। जिल्लामा आज ५ जना कोरोना संक्रमितको ज्यान गएको छ। चितवनका चार र गोरखाका एक जनाको ज्यान गएको हो । चितवनका विभिन्न अस्पतालमा ३८ जनाको आइसियुमा छन। ज...

बीमाका बिरामी यसरी ठगिन्छन् भरतपुर अस्पतालमा

बीमाका बिरामी यसरी ठगिन्छन् भरतपुर अस्पतालमा
चितवन :  भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका ‘फोकल पर्सन’ नारायण सापकोटा आफैले हेर्ने बीमा कार्यक्रममा ठगिनुभएको छ । आफ्नो श्रीमतीको पित्तथैलीको शल्यक्रिया गर्दा बीमामा रु २७ हजार ५०० दाबी गर्नुभयो । त्यसोत अस्पतालमा औषधि नभएपछि रु चार हजारको औषधि बाहिर किन्नुप¥यो । आम नागरिक झै बीमाबाट रकम काट्ने र छुट्टै औषधि किन्नु पर्दा आफू पनि मर्कामा परेको उहाँले स्वीकार गर्नुभयो । बीमा बोर्डसँग भरतपुर अस्पतालले शल्यक्रियाको औषधि, परीक्षण, श्यया, शल्यक्र्रिया शुल्कलगायत सबैको प...